धरानः धरान उपमहानगरपालिका–१६ बाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान–१६ का २४ वर्षीय प्रबिण भुजेल रहेका छन् । सङ्घीय प्रहरी इकाई कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा भुजेलको कोठा खानतलासी गर्दा ३ ग्राम ब्राउन सुगर बरामद गरेको थियो ।
प्रतिबन्धित लागूऔषध ब्राउनसहित पक्राउ परेका भुजेको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए ।