Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

फागुन २१ गते दौडिँदैछ धरान

हाम्रो कोशी आवाज
फाल्गुन २ २०७८, सोमबार
फागुन २१ गते दौडिँदैछ धरान

धरानः धरान रन समूहद्वारा आयोजना हुँदै आएको ‘धरान १० के रन, १० औं नेवा च्यारेटी २०७८’ फागुन २१ गते हुने भएको छ ।
फागुन ७ गतेदेखि आयोजना गर्ने भन्दै आयोजक लागेपनि कोरोना कहरका कारण प्रतियोगिता पछि सारिएको आयोजकले जनाएको छ । पत्रकार सम्मेलन गर्दै अध्यक्ष रोमु राईले प्रतियोगिता केही पछि सरेको जानकारी दिए । धरान रन १० वर्ष पूरा भएको अवसरमा यसपटक रनमा नेपालकै धेरै धावकधाविकहरु सहभागी गराइने बताइएको छ । विगतको भन्दा भव्य र केही फरक गर्ने सोंचले यसपटक जनचेतनामूलक कार्यक्रमसहितको कार्यक्रम राखिएको उनले जानकारी दिए ।
प्रतियोगिताको खुल्ला तर्फको प्रथम, दोस्रो र तेस्रो हुने धावकधाविकहरुलाई जनही क्रमशः ६० हजार, ४० हजार र ३० हजार रुपैयाँ नगद पुरस्कार दिइने बताइएको छ । प्रतियोगिताको खुल्ला दौडमा अघिल्लो संस्करणको भन्दा १० हजार रुपैयाँ पुरस्कार राशी वृद्धि गरिएको हो ।
यसैगरी १२ वर्षमुनिका समूह, १२ देखि १६ वर्षसम्मका समूह र ४० वर्षदेखि माथिका भेट्रान समूहको दौडका विजेतालाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने बताइएको छ । साथमा ६० वर्षमाथिका धावकधाविकालाई पनि आकर्षक पुरस्कार दिइने बताइएको छ ।
धरानका स्थानीयलाई समेत प्रोत्साहन गर्नका लागि पहिलो र दोस्रो हुने धावकधाविकालाई आकर्षक पुरस्कार दिइने पत्रकार सम्मेलनमा बताइएको छ । प्रतियोगिताको लागि करिब एक हजार जनाले फारम भरिसकेको उनले जानकारी दिए । प्रतियोगिताको दिन राष्ट्रियस्तरका कलाकारहरुसँग पनि कुरा भइरहेको जनाइएको छ ।

प्रकाशित मिति: फाल्गुन २ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend