Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान चिनाउने गायक गंगा बरदानको जन्मोत्सव

हाम्रो कोशी आवाज
फाल्गुन ३ २०७८, मंगलबार
धरान चिनाउने गायक गंगा बरदानको जन्मोत्सव

धरानः नेपाली बब मार्लीको रुपमा सुपरिचित लोकगायक गंगा बरदान (मास्के) ६९ वर्षमा पुगेको उपलक्ष्यमा सङ्गीत क्षेत्रमा निरन्तरता तथा सुस्वास्थ्यको कामना गर्दै एक समारोहका बीच मङ्गलबार धरानको कोरियनमाण्डु रेस्टुरेन्टमा जन्मदिन मनाइएको छ ।
सिल्भर इन्टरटेनमेन्टको आयोजनामा सम्पन्न कार्यक्रममा धरान सङ्गीत प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठ, गीतकार मिना सिङ्गक सुब्बा, कोरियनमाण्डु रेस्टुरेन्टका सञ्चालक रोशन मोक्तान, चर्चित गायक एपी शेर्पा, सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठलगायतका सङ्गीतकर्मीहरु तथा शुभचिन्तकहरुको माझ केक काटेर गायक बरदानको ६९ औं जन्मोत्सव मनाइएको थियो ।
वि.सं. २००९ साल फागुन २ गते शुक्रबार भोजपुरको दिङ्गलामा जन्मिएका गायक बरदानले सङ्गीत क्षेत्रमा मात्र युवावस्थादेखि नै अनावरतरुपमा लागिरहेका छन् । उनको लोकपप शैलीको छपनीले छान छान, डबकीले हान, बजारै भरौन धराने, कहाँमा काट्यो बेतको लौरी, सिमसिम पानी, अरुणै तरयोलगायतका गीतहरु अहिले पनि उत्तिकै लोकप्रिय छन् । उनको बजारै भरौं न धरान बोलको गीतले धरान चिनाउने कामसमेत गरेको छ ।
यसरी पहिलोपल्ट आफ्नो जन्मदिनलाई सम्झेर भब्यरुपमा मनाइदिएकोमा धन्यवाद दिँदै अझै सङ्गीतमा लागिरहने उत्प्रेरणा जागेको बताउँदै गायक गंगा बरदानले आफ्ना केही नयाँ तथा केही पुराना गीतहरु आफ्नै स्वरमा रेकर्ड गर्न लागेको जानकारी दिए । गायक बरदानलाई सोही समारोहमा कोरियामा कार्यरत किशोर मास्के, हेम गुरुङ, कमल श्रेष्ठ, सुमन सुनुवार र राजु लिम्बूले संयुक्तरुपमा पठाएको रकम समेत हस्तान्तरण गरिएको थियो ।

 

प्रकाशित मिति: फाल्गुन ३ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend