Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा झाडीभित्र जेब्रा झोलामा भेटियो पुरुषको टाउको र खुट्टा

हाम्रो कोशी आवाज
फाल्गुन ४ २०७८, बुधबार
धरानमा झाडीभित्र जेब्रा झोलामा भेटियो पुरुषको टाउको र खुट्टा

धरानः धरान-४ स्थित ९ किलोमिटर भन्ने स्थान (भेडेटार जाने बाटो) मा एकजना पुरुषको टाउको र खुट्टा फेला परेको छ । जेब्रा झोलामा खुट्टा र टाउको हालेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धरानका इनिस्पेक्टर गजेन्द्र रायमाझीले एकजना पुरुषको एउटा खुट्टा र टाउको फेला परेको जानकारी दिए । ‘बुधबार साँझतिर स्थानीयले शव भेटियो भनेर खबर गरेपछि अहिले हामी घटनास्थल पुगेर फर्किँदैछौं’, उनले भने, ‘कानुनी प्रक्रिया पूरा गरेर शव लिएर बीपी प्रतिष्ठान जाँदैछौं ।’ उनले भने । उनले पोष्टमार्टम रिपोर्टपछि थप खुल्ने बताए । रोडदेखि करिब ४७ फिट मुनी जेब्राभित्र खुट्टा र टाउको भेटिएको उनले जानकारी दिए । ‘छोरा मान्छेको टाउको र खुट्टा जेब्रा झोलामा हालेर फालिएको अवस्थामा भेटिएको छ’, उनले भने । टाउको भने चिनिने अवस्थामा छैन ।
उनका अनुसार टाउकोको प्रकृति हेर्दा ४२ वर्षको पुरुषजस्तो देखिएको छ । शरीर र अन्य भागको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । कसैले हत्या गरेर फालेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति: फाल्गुन ४ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend