Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा फेरि जेब्राझोलामै भेटियो पुरुषको शरीरका अन्य भाग

हाम्रो कोशी आवाज
फाल्गुन ५ २०७८, बिहिबार
धरानमा फेरि जेब्राझोलामै भेटियो पुरुषको शरीरका अन्य भाग

धरानः धरान–४ नौ किलोमिटर माथि फेरि अर्को जेब्राझोलामा पुरुषको शरीरका अन्य भाग फेला परेको छ ।
सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहालका अनुसार फेरि उस्तै झोलामा शरीरका अन्य भागहरु भेटिएको जानकारी दिए । ‘बुधबार हात र खुट्टा भेटिएको स्थानदेखि १ किलोमिटर माथि जेब्रा झोलामै पोको पारेको अवस्थामा शरीरका बाँकी भागहरु भेटिएको छ’, उनले भने । खर्दु सामुदायिक वनको धर्रधरे जंगलमा अर्को झोलामा शरीरका बाँकी भाग भेटिएको उनले जानकारी दिए । अहिले घटनास्थलमा प्रहरी छ । उनले त्यहाँबाट शरीरका बाँकी भाग लिएर फर्किन लागेको उनले जानकारी दिए ।
‘बुधबार टाउको र खुट्टा मात्रै भेटिएको थियो तर पुरै भाग भेटिएको थिएन, प्रहरीले खोजिरहेको थियो, त्यसक्रममै शरीरका अन्य भाग फेला परेको छ’, उनले भने । उनका अनुसार टाउकोका आधारमा करिब ४२ वर्षीय आय समुदायको पुरुषको शव हो भन्ने निक्र्यौल छ । ‘आर्य समुदायको हो कि भन्ने हामीले अनुमान लगाएका छौं’, उनी भन्छन्, ‘अझै अनुसन्धान भइरहेको छ, पुरुषको हत्या गरेर शरीरलाई टुक्रा-टुक्रा पारेर अलग अलग स्थानमा छरिएको पाइएको छ ।’ घटनाको प्रकृति हेर्दा हत्या गरेर त्यहाँ फालिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

बुधबार भेटिएको टाउको र खुट्टा

प्रकाशित मिति: फाल्गुन ५ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend