Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका युवा निषेधित औषधिसहित समातिए

हाम्रो कोशी आवाज
फाल्गुन ७ २०७८, शनिबार
धरानका युवा निषेधित औषधिसहित समातिए

धरानः धरान–५ बाट प्रतिबन्धित औषधिसहित एकजनालाई प्रहरीले पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा धरान–५ का २८ वर्षीय सुवास राई रहेका छन् । शुक्रबार राति ११ बजे औषधि बेचबिखन भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले राईको सुत्ने कोठामा खानतलासी गर्दा स्पासपेन–७४२ ट्याब्लेट, ट्रमाडोल–७१४ क्यापसुल र टापेन–४० ट्यावलेट गरी जम्मा १४९६ ट्याब्लेट तथा क्याप्सुल बरामद गरेको हो ।
निषेधित औषधिसहित पक्राउ परेका राईको इलाका प्रहरी कार्याल धरानबाट थप अनुसन्धान भइरहेको डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए ।

प्रकाशित मिति: फाल्गुन ७ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend