धरानः धरान–११ स्थित न्यू पशुपति चोकमा आगलागी भएको छ ।
धरान–११ निवासी सुरेश दासको घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए । आगलागी अहिले पूर्णरुपमा नियन्त्रणमा आइसकेको छ ।
वरिपरी इँटा र टिनको छाना भएको घर पूर्णरुपमा जलेर नष्ट भएको घटनास्थलमा इनिस्पेक्टर गजेन्द्र रायमाझी रहेका जानकारी दिए । धरान उपमहानगरपालिकाको दुईवटा दमकलले आगलागी पूर्णरुपमा नियन्त्रणमा लिइसकेको उनले जानकारी दिए । उनका अनुसार दास घरमा एक्लै बस्दै आएको र मानसिक स्थिति समेत ठीक नभएको पाइएको र के कारणले आगलागी भएको हो भन्नेबारेमा अहिलेसम्म केही खुल्न नसकेको उनले जानकारी दिए ।