Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको होलिल्याण्ड र चिल्ड्रेन्स एकाडेमीले जिते उपाधि (१० तस्वीरसहित)

हाम्रो कोशी आवाज
फाल्गुन ८ २०७८, आइतबार
धरानको होलिल्याण्ड र चिल्ड्रेन्स एकाडेमीले जिते उपाधि (१० तस्वीरसहित)

धरानः होलिल्याण्ड इन्टरनेशनल स्कुलद्वारा आयोजित छात्रछात्रा अन्तर विद्यालय होलिल्याण्ड थ्री वाइ थ्रीको उपाधि आयोजक होलिल्याण्ड ए र चिल्ड्रेन्स एकाडेमीले चुमेको छ ।
आइतबार भएको फाइनल खेलमा छात्रातर्फ होलिल्याण्डले लोटस स्कुललाई र पुरुषतर्फ चिल्ड्रेन्सले डिपोलाई पराजित गर्दै उपाधि माथि कब्जा जमाएको हो । प्रतियोगिताको बिजेताले नगद पाँच हजार रुपैयाँ, एक हजार रुपैयाँ बराबरको कफी पव रेष्टोको फुड भौचर, उपबिजेताले नगद २ हजार ५ सय, कफी पव रेष्टोका ५ सय रुपैयाँ बराबरको फुड भौचर, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामा, होलिल्याण्ड स्कुलका प्रिन्सिपल राजकुमार लिम्बू, प्रदेश १ बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राई लगायतले पुरस्कार प्रदान गरेका थिए ।
खेलमा छात्रातर्फ होलिल्याण्डले लोटसलाई ७–० र छात्रतर्फ चिल्ड्रेन स्कुलले डिपोलाई १०–९ अङ्कको अन्तरले पराजित गरेको थियो । छात्रातर्फको फाइनल खेलको म्यान अफ द म्याच होलिल्याण्ड एका नुमा लिम्बू र छात्रतर्फ डिपो स्कुलका विपुल लिम्बू घोषित भए । उनीहरुले ट्रफी, प्रमाणपत्र र डिमाण्डु ज्वाइँ खानाको पाँच सय रुपैयाँ बराबरको फुड कुपन प्राप्त गरे ।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडी छात्रातर्फ होलिल्याण्ड स्कुलकै इक्सा लावती र छात्रातर्फ चिल्ड्रेन्स स्कुलका पारुहाङ चेम्जोङ घोषित भए । उनीहरुलाई जनही नगद एक हजार रुपैयाँ, ५ सय रुपैयाँ बराबरको डिमाण्डु ज्वाइँखाना फुड भौचर, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
समापन कार्यक्रममा सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदी, धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बू, नेपाल महिला बास्केटबल राष्ट्रिय खेलाडी डा. आशा राई लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको सम्पूर्ण खेल आयोजक होलिल्याण्ड स्कुलको बास्केटबल कोर्टमा सम्पन्न भएको थियो ।
तस्वीरहरुः विकास चाम्लिङ राई

प्रकाशित मिति: फाल्गुन ८ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend