Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा अशोक बास्फोरको स्मृतिमा बास्केटबल

हाम्रो कोशी आवाज
फाल्गुन ९ २०७८, सोमबार
धरानमा अशोक बास्फोरको स्मृतिमा बास्केटबल

धरानः तेस्रो कोरोना भेरियन्टको कारण रोकिएको दोस्रो असोक स्मृति बास्केटबल रनिङ कप आइतबार देखि शुरु भएको छ ।
आइतवार भएको खेलमा आयोजक डायनामिक युथ क्लब बीपी प्रतिष्ठान, मिराकल, ब्रदर्स र यलम्वर क्लव विजयी भएका छन् । डायनामिकले युवा जागृतिलाई ६९–२७, मिराकलले बेलवारीलाई ६३–२४, ब्रदर्सले तरहरालाई ५८–१९ र यलम्वरले होराइजनलाई ५२–३९ अंकको अन्तरले पराजित गरेका थिए ।
आइतबार भएको क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो खेलमा डायनामिक र युवा जागृतिले ११–३,१७–१२, २६–२ र १५–१०, मिराकल र बेलवारीले १५–३, २१–७, १६–४ र १३–१०, ब्रदर्स र तरहराले ११–६, ८–४, २१–४ र १८–५ र चौथो खेलमा यलम्बर र होराइजनले ८–४, १५–१२, १६–११ र १४–१२ अङ्क जोडेका थिए । पहिलो खेलमा डायनमिकका त्रिलोक बाँस्तोलाले व्यक्तिगत १५ अङ्क जोडेका थिए । त्यस्तै, दोस्रो, तेस्रो र चौथो खेलमा क्रमशः बेलबारीका नविन राईले १३, ब्रदर्सका सव्रोधन राई र कविन मगरले १३–१३ र यलम्वरका दिवस राई र सविन राईले १२–१२ बराबर व्यक्तिगन अङ्क जोडेका थिए ।
प्रतियोगिता पूर्व राष्ट्रिय बास्केटबल खेलाडी रवि वास्फोरका दिवङ्गत बुबा अशोक वास्फोरको स्मृतिमा आयोजना गरिएको हो । प्रतियोगिताको आयोजक डायनामिक युथ क्लब, बीपी प्रतिष्ठान रहेको छ । आइतबारदेखि शुरु भएको प्रतियोगिताको उदघाटनमा कार्यक्रमका प्रमुख अतिथि बीपी प्रतिष्ठानका डिपुटि डाइरेक्टर विकास शाह, विशेष अतिथि नेपाल बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामा र बास्केटबलका दिवङ्गत अशोक वास्फोरका श्रीमती इन्द्रावती बास्फोरले अशोक वास्फोरको तस्वीरमा माल्यार्पण गरी द्धिप वालेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।
फागुन १४ सम्म सम्पन्न हुने प्रतियोगितामा धरान , तरहरा, झापा र बेलबारीका १० टिमले सहभागिता जनाएका छन् । सहभागि टिमहरु आयोजक डायनामिक युथ क्लब, ब्रदर्स, युवा जागृति, होराइजन, यलम्वर, हाम्रो कलेक्सन, मिराकल, वेलवारी , तरहरा र झापा रहेको छ । प्रतियोगिताका बिजेता टिमले नगद पच्पन्न हजार ५ सय ५५ रुपैयाँ, दोस्रोले नगद २५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उत्कृष्ट खेलाडीले नगद ४ हजार, बास्केटवल जुत्ता, डिमाण्डु म्यान अफ द म्याचले नगद ३ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको फाइनल खेलको दिन २.० थ्री पोइन्ट कम्पिटिसन समेत सम्पन्न हुनेछ । थ्री पोइन्ट कम्पिटिसनका बिजेताले नगद ३ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । लिगकम नकआउटको आधारमा सम्पन्न हुने प्रतियोगितामा प्राविधिक सहयोग धरान र सुनसरी बास्केटबल सङ्घको रहेको छ । प्रतियोगिताको सम्पूर्ण खेल बीपी प्रतिष्ठानको बास्केटवल कोर्टमा सम्पन्न हुनेछ ।

प्रकाशित मिति: फाल्गुन ९ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend