Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा राष्ट्रपति रनिङ शिल्ड, सुवास राईको स्मृतिमा सुपर लिग गराउने उपमहानगरपालिको निर्णय

हाम्रो कोशी आवाज
फाल्गुन ९ २०७८, सोमबार
धरानमा राष्ट्रपति रनिङ शिल्ड, सुवास राईको स्मृतिमा सुपर लिग गराउने उपमहानगरपालिको निर्णय

धरानः धरान उपमहानगरपालिकाको आयोजनामा सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगिता हुने भएको छ ।
सोमबार नगर प्रमुख तिलक राईको अध्यक्षतामा बसेको नगर खेलकुद समितिको बैठकले सुपर ८ लिग फुटबल प्रतियोगिता यही फागुन २८ गते शनिबारदेखि चैत्र १३ गतेसम्म धरान १६ स्थित रंगशालामा गर्ने निर्णय गरिएको हो ।
२२ औं संस्करणको अन्तर वडास्तरीय गोधुली रनिङ कप फुटबल प्रतियोगितामा उत्कृष्ट सुपर ८ भित्र पर्ने वडाहरुले सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगितामा सहभागी हुन पाउनेछन् । उपमहानगरपालिकाका फुटबल प्रशिक्षक अर्जुन राईका अनुसार सुपर ८ लिग फुटबल प्रतियोगितामा धरानका वडा नं. ८, ११, १३, १४, १५, १६, १८ र १९ ले सहभागिता जनाउनेछन् ।
प्रतियोगिताको पुरस्कारको बारेमा भने खेलकुद समितिको पुनः अर्को बैठक बसेर घोषणा गरिने जनाइएको छ । यस्तै, बैठकले कोरोना महामारीका कारण गत वर्षदेखि स्थगित भएको ग्रासरुट फुटबल प्रशिक्षण पुनः सञ्चालन गर्ने निर्णय गरेको छ ।
उपमहानगरपालिकाका फुटबल प्रशिक्षक राईले यही फागुन १४ गतेदेखि प्रत्येक शनिबार ६ वर्षदेखि १२ वर्षसम्मका बालबालिकाहरुलाई ग्रासरुट फुटबल प्रशिक्षण गराइने जानकारी दिए । उनका अनुसार धरान–१६ स्थित रंगशालामा प्रत्येक शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म फुटबल प्रशिक्षण गराइनेछ ।
यसैगरी, धरानमा नगरपालिका कर्मचारी (महिला, पुरुष) ब्याडमिन्टन प्रतियोगिता पनि हुने भएको छ । सोमबार बसेको बैठकले यही फागुन २४ र २५ गते दुईदिनसम्म ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिने निर्णय गरेको हो । यस्तै, धरान उपमहानगरपालिकाले यही फागुन २५ गतेदेखि २८ गतेसम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने निर्णय गरेको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उसु, कराते, तेक्वान्दो, भलिबल, एथलेटिक्स र कबड्डी खेल हुनेछन् ।

प्रकाशित मिति: फाल्गुन ९ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend