Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा जेब्रा झोलामा शव: अनुसन्धान कहाँ पुग्यो ?

हाम्रो कोशी आवाज
फाल्गुन ९ २०७८, सोमबार
धरानमा जेब्रा झोलामा शव: अनुसन्धान कहाँ पुग्यो ?

धरानः सुनसरीमा विभत्स हत्या गरिएको अवस्थामा फेला परेको शवको पहिचान अझै खुल्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले मृतकको पहिचान नखुलेको भन्दै स्केच सार्वजनिक गरेको तर पनि खासै प्रभावकारी हुन नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।
गत धरान–४ स्थित धरान–भेडेटार सडकखण्डको नौकिलोमिटर भन्ने ठाउँमा निलो पहेंलो रङ्गको जेब्रा झोलामा पहिलोपटक खुट्टा र टाउको, त्यसपछि शरीरका विभिन्न अङ्ग फेला परेको थियो ।
प्रहरीले ती पुरुषको शरीर, टाउको र खुट्टालाई प्रतिष्ठानको शव गृहमा राखेको छ । गत फागुन ४ गते सो घटना भएपनि हालसम्म ती पुरूषको सनाखत हुन सकेको छैन । सनाखत नहुँदा प्रहरीलाई अनुसन्धान गर्न कठिन भएको छ । प्रहरीले भने अहिलेपनि अनुसन्धानलाई अघि बढाइरहेको जनाएको छ ।
‘हामीले अहिलेसम्म शवको सनाखत गर्न सकेका छैनौं, अनुहार हेर्दा नेपाली नै हो भन्नेसम्मको जानकारी प्राप्त भएको छ’, उनले भने, ‘ती पुरुषले जनै लगाएका छन् ।’ उनले अहिलेसम्म केही ‘क्लू’ नभेटिँदा समस्या बढेको र अनुसन्धान थप लम्बिने बताए । ‘कम्तीमा उनीबारे जान्ने केही न केही हुनुपर्छ’, उनले भने, ‘न आफन्त, चिन्नेजान्ने सम्पर्कमा आउँछन्, न केही जानकारी पाइने सामग्री छ, उनले लगाएको कपडाबाहेक अन्य केही छैन ।’ उनका अनुसार सामान्य जिन्स पेन्ट र टिसर्ट लगाएको अवस्थामा शव फेला परेको थियो ।
प्रहरीले अलि टाढाकै मानिस त्यहाँ ल्याएर जेब्रा झोलामा प्याक गरेर फ्याँकेको हुनसक्ने जनाएको छ । टुक्रा टुक्रा पारिएको शवको प्रकृति हेर्दा हत्या अन्य ठाउँमा भएको र शव व्यवस्थापन गर्न जङ्गलमा फ्याँकिएको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीले शवको पहिचानका लागि स्केच तयार पारेर सार्वजनिक गरेको र केही खुल्नसक्नेमा आशावादी रहेको उनले बताए । ‘स्केचले पहिचान होस् भनेर सार्वजनिक गरिसकेका छौं’, उनले भने, ‘यसले केही कुरा खुलिहाल्छ कि ।’

प्रकाशित मिति: फाल्गुन ९ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend