Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

शव फालेर प्रेमीसँग भेडेटारमा मस्ती

हाम्रो कोशी आवाज
फाल्गुन १० २०७८, मंगलबार
शव फालेर प्रेमीसँग भेडेटारमा मस्ती

मृतक सिग्देलको तस्वीर (दायाँ) र श्रीमती अनिता र प्रेमी सरोज ।

धरानः धरानमा दिनेश सिग्देलको हत्यापछि शव टुक्रा टुक्रा पारी धरान–भेडेटार सडकको जङ्गलमा शव फालेर प्रेमीसँग भेडेटारमा पुगेर बास बसेको खुलेको छ । उनीहरुले त्यहाँ रमाउँदै मस्ती समेत गरेको पाइएको प्रहरीले जनाएको छ ।
इलामको चुलाचुली–५ बुकुवाका (हाल दमक–५ बस्दै आएका) ४३ वर्षीय दिनेश सिग्देलको शव फालेर कान्छी श्रीमती ३० वर्षीय अनिता सिग्देल (केसी) र प्रेमी भनिएका २९ वर्षीय सरोज भण्डारी एकरात भेडेटार पनि बसेको खुलेको प्रहरीले जनाएको छ । ‘उनीहरुले प्रहरीलाई बयान दिँदा शव व्यवस्थापन गरेपछि भेडेटारमा एकरात बसेको समेत पाइएको छ’, डिएसपी नरेन्द्र कुँवरले भने ।
उनीहरुले माघ २३ गते शव व्यवस्थापन गरेको र एकरात भेडेटारमा बसेपछि भोलिपल्ट पुस २४ गते विराटनगरस्थित अनिताको डेरा कोठामा फर्किएको पाइएको प्रहरीले जनाएको छ । सरोज र अनिताको ५-६ महिनादेखि प्रेम सम्बन्धमा रहेको पाइएको प्रहरीले जनाएको छ । सिटी चालक पेशा गर्ने सरोजको विवाह भई एकछोरीको जन्म भएपछि श्रीमतीसँग सम्बन्धमा दरार आई माइतीमा नै बस्दै आएकी र निजहरु सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको हुनाले उनी अनितासँग लहसिएका थिए । ‘उनीहरुबीचको प्रेम सम्बन्ध ५–६ महिनादेखि रहँदै आएको र श्रीमान श्रीमतीझै बसेकोको समेत पाइयो’, डिएसपी कुँवर थप्छन् ।
अनिताका श्रीमान दिनेशले कमाएको रकम अनितालाई पठाउने गरेको र सो रकममा पहिलादेखि नै मोजमस्तीमा खर्च गर्ने गरेका थिए । त्यही कारणले पनि अनिता र दिनेशबीच सम्बन्धमा खटपट समेत रहँदै आएको थियो । प्रेमी सरोजलाई एक लाख ऋण दिएको थप ७५ हजार दिने र दुवैजना विवाह गरी बस्ने शर्तमा अनिताले दिनेश नेपाल आउने जानकारी पाएपछि हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । अनिताको एक महिलाको गर्भ पनि रहेको पाइएको प्रहरीले जनाएको छ ।

मृतक सिग्देलको तस्वीर ।

अनुहार नचिनिने बनाउन एसिड
उनीहरुले अनुहार नचिनिने बनाउन एसिड समेत खोज्दै हिँडेको पाइएको प्रहरीले जनाएको छ । ‘गलबन्दीले घाँटी कसेर हत्या गरिसकेपछि सिग्देलको अनुहारको नचिनिने बनाउन उनीहरुले एसिड समेत खोज्दै हिँडेको पाइएको छ’, डिएसपी कुँवरले भने, ‘तर विराटनगर कहीँ खोज्दा पनि नपाएपछि शवलाई टुक्रा बनाउने निधोमा पुगे ।’
२२ गते बेलुकी हत्या गरेर शव कोठामै छाडेर उनीहरू भने त्यो दिन बाहिर बास बसेका थिए । त्यसपछि उनीहरुले २३ गते बिहान दुवैजनाले स्थानीय पसलबाट ४ हजार रुपैयाँमा ग्रेण्डर मेसिन किनेको थिए । तीन थान जेब्रा झोला र पोलिथिन खरिद गरी ल्याई दुवै जनाले सो शवलाई ब्यवस्थापन गर्न ग्रेण्डर मेसिन, खुकुरीको सहायताले मृतक लाशको घाँटीमा काटी टाउको र दाहिने तीघ्राको भाग काटी अलग गराई टाउको र तीघ्राको भाग १ वटा झोलामा र शरीरको भाग अर्को झोलामा हाली सोही दिन साँझ टेम्पो भाडामा लिएर भेडेटार–धरान सडक खण्डमा पर्ने वनमा शव व्यवस्थापन गर्न आइपुगेका थिए ।
गत फागुन ४ गते बेलुकी धरान उपमहानगरपालिका–४ कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडकखण्ड नजिकै शव फेला परेको थियो । अलग–अलग ठाउँमा भेटिएको शवको सोमबार मात्रै पहिचान भएको थियो ।
झापाको दमक नगरपालिका–५ का दिनेश र उनकी श्रीमती अनिता हाल मोरङको विराटनगरमा कोठा भाडामा लिएका थिए भने दिनेश बहराइनमा थिए । पक्राउ परेका दुवै जनाविरुद्ध ज्यानसम्बन्धी कसुरमा ७ दिन म्याद लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन १० २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend