Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘बी डिभिजन’ फुटबलमा भिड्दै धरानेसहितको टोली

हाम्रो कोशी आवाज
फाल्गुन ११ २०७८, बुधबार
‘बी डिभिजन’ फुटबलमा भिड्दै धरानेसहितको टोली

धरानः सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता खेल्न ब्वाइज युनियन क्लबको टिम काठमाडौ प्रस्थान गरेको छ ।
टिममा धराने खेलाडीको बाहुल्यता रहेको छ भने झापा तथा मोरङका खेलाडी सम्मिलत छन् । टोलीलाई एन्फाका एक नं. प्रदेश अध्यक्ष तथा धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले विदाइ गरे । राईले खेलाडी तथा प्रशिक्षकलाई सुझाव दिदै ए डिभिजनमा बढुवा हुने गरी खेल्न आग्रह गरे । उनले विगतका वर्षहरुदेखि नै ब्वाइज युनियन क्लबमा धरानका खेलाडी खेलिरहेको भन्दै यसवर्ष धरानको गौरव बढाउने गरी खेल प्रदर्शन गर्न अनुरोध गरे ।
टिमका प्रशिक्षक सागर घिमिरेले यसवर्ष गतवर्ष भन्दा राम्रो तयारी गरेको बताए । उनले ए डिभिजनमा उक्लिने लक्ष्यका साथ प्रतियोगितामा सहभागी भएको बताए । क्याप्टेन बिटु तामाङले पनि सबैको साथ सहयोगले हौसला बढेको बताउँदै जिम्मेवारी बढेको प्रतिक्रिया दिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘बी’ डिभिजन लिग यही फागुन १८ गतेदेखि सुरुआत गर्ने भएको छ । गतवर्ष ब्वाइज युनियन क्लबले चौथो स्थानमा लिग सम्पन्न गरेको थियो । १२ टिम सम्मिलित प्रतियोगिताको कुला ११ खेलमा ७ जित १ बराबरी र ३ हार गरी चौथो स्थानमा रहेर लिग सकेको थियो ।
गतवर्ष ब्वाइज युनियनले फेयर प्ले टिमको उपाधी जितेको थियो । बी डिभिजन लिगमा विभिन्न १४ क्लबको सहभागिता रहनेछ जसमा ब्वाइज युनियन क्लब, झम्सिखेल युथ क्लब, सामाजिक युवा क्लब, बाँसबारी क्लब, खुमलटार युवा क्लब, वीरगञ्ज युनाइटेड क्लब, नयाँबस्ती युवा क्लब र छुरच वोइज युनाइटेड क्लब छन् ।
त्यसैगरी टुसाल युवा क्लब, श्री कुमारी क्लब, रानीपोखरी कर्नर टिम, सरस्वती युवा क्लब, मध्यपुर युथ एशोसियसन र श्री भगवती क्लब सहभागी छन् । सिङ्गल राउण्ड रोविन लिगका आधारमा हुने खेलमा शीर्ष स्थान हासिल गर्ने दुई टोली ए डिभिजन लिगमा बढुवा हुनेछन् । यस्तै पुछारका दुई टोली भने रेलिगेसनमा पर्नेछन् ।

प्रकाशित मिति: फाल्गुन ११ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend