Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा अशोक स्मृति बास्केटबलः चार टिम भिड्दै

हाम्रो कोशी आवाज
फाल्गुन ११ २०७८, बुधबार
धरानमा अशोक स्मृति बास्केटबलः चार टिम भिड्दै

धरानः डायनामिक युथ क्लब, बीपी प्रतिष्ठानको आयोजनामा आइतबारदेखि शुरु भएको दोस्रो अशोक स्मृति बास्केटबलको तेस्रो दिनको खेलमा व्रदस, तरहरा, होराइजन र हाम्रो कलेक्सन टिम विजयी भएका छन् ।
मङ्गलबार भएको खेलमा ब्रदर्सले आयोजक बेलबारीलाई ७१–२४, तरहराले बिर्तामोडलाई ५१–५०, होराइजनले युवा आयोजक डायनामिकलाई ६२–४२ र हाम्रो कलेक्सनले यलम्वरलाई ६१–३० अङ्कको अन्तरले पराजित गरेका थिए ।
तेस्रो दिनको पहिलो खेलमा ब्रदर्स र बेलबारीले प्रत्येक क्वाटरमा १५–२, १६–१४, १८–३ र २२–५ र दोस्रो खेलमा तरहरा र बिर्तामोडले १४–१२, ११–८, ८–१४ र १८–१६ अंक जोडेका थिए । त्यस्तै, तेस्रो खेलमा होराइजन र आयोजक डायनामिले १६–९, १३–११, १९–१२ र १४–१० र चौथो खेलमा हाम्रो कलेक्सन र यलम्बरले १२–२, १८–११, १२–६ र १५–११ अंक जोडेका थिए । पहिलो खेलमा व्रदसका सुजन राईले २२, विर्तामोडका जेनिस सिंहले २२, तेस्रो खेलमा होराइजनका सुदिप राईले २३ र चौथो खेलमा हाम्रो कलेक्सनका विवेक श्रेष्ठले १३ अंक व्यक्तिगत जोडेका थिए ।
लिगकम नकआउटमा सम्पन्न हुने प्रतियोगिताको चौथो दिन बुधबार ब्रदर्स र बिर्तामोड, तरहरा र मिराकलबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, साँझ होराइजन र हाम्रो कलेक्सन र युवा जागृति र यलम्बरबीच प्रतिस्पर्धा हुनेछ ।
फागुन १४ गते सम्म सम्पन्न हुने प्रतियोगिता पूर्व राष्ट्रिय बास्केटबल खेलाडी रवि वास्फोरका दिवंगत बुबा अशोक वास्फोरको स्मृतिमा आयोजना गरिएका हुन् । प्रतियोगिताका बिजेता टिमले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, दोस्रोले नगद २५ हजार ५ सय ५५, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उत्कृष्ट खेलाडीले नगद ४ हजार, बास्केटबल जुत्ता, डिमाण्डु म्यान अफ द म्याचले नगद ३ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
लिगकम नकआउटको आधारमा सम्पन्न हुने प्रतियोगितामा प्राविधिक सहयोग धरान र सुनसरी बास्केटबल संघको रहेको छ । प्रतियोगिताको सम्पूर्ण खेल बीपी प्रतिष्ठानको बास्केटवल कोर्टमा सम्पन्न हुनेछ ।
तस्वीरः विकास चम्लिङ राई

प्रकाशित मिति: फाल्गुन ११ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend