Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सुनाखरी एकेडेमीमा खेलकुद शुरु

हाम्रो कोशी आवाज
फाल्गुन १३ २०७८, शुक्रबार
धरानको सुनाखरी एकेडेमीमा खेलकुद शुरु

धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीमा खेलकुद प्रतियोगिता शुरु भएको छ ।
विद्यालय प्राङ्गणमा खेलकुदका विविध गतिविधि शुरु भएको हो । बिहीबार र शुक्रबार दुईदिनसम्म विभिन्न खेलहरु विद्यार्थीलाई खेलाइने प्रिन्सिपल मिलनकुमार राईले जानकारी दिए । उनका अनुसार ब्याडमिन्टन, टेबलटेनिस, बास्केटबल, सेपाक ताक्रो, चेस, ट्रेजियोर हन्ट, कप टावर, फ्रज रयाली, प्राइम नम्बर कलेक्सन, ओड, इभन कलेक्सन, रिडल रेस, हट पोटयाटो, मेमोरी मास्टर, स्किपिङ रेस, सोइलेस र टाइमेकिङ, मार्बल रेसलगायतका खेलकुद खेलाइनेछ । उनका अनुसार शुक्रबार फाइनल खेलहरु हुने उनले जानकारी दिए ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई विद्यालयको अन्तिम नतिजा प्रकाशन तथा अभिभावक भेलाका अवसरमा पुरस्कृत गरिने उनले जानकारी दिए । पढाइका अलावा विद्यार्थीहरुको चौतर्फी विकास गर्ने उद्देश्यले खेलकुद प्रतियोगिता आयोजना गरिएको उनले जानकारी दिए ।
‘विद्यार्थीलाई रिफ्रेसमेण्ट पनि चाहिन्छ, पढाइका साथै अतिरिक्त क्रियाकलापमा ध्यान दिँदा उनीहरुको चौतर्फी विकास हुन्छ विद्यालयले बुझेको छ’, उनले भने, ‘हामीले खेलकुदका गतिविधि, नृत्य, गायनजस्ता अतिरिक्त क्रियाकलापमा सक्दो जोड दिँदै आएका छौं ।’
स्कुलका विद्यार्थीले खेलकुद, नृत्य, गायनजस्ता प्रतियोगितामा भाग लिएर स्थानीय, राष्ट्रिय साथै अन्तर्राष्ट्रियस्तरमा समेत जित्दै आएको प्रिन्सिपल राईले जानकारी दिए । उनका अनुसार स्कुलका विद्यार्थीले कराँते, ब्याडमिन्टन, टेबलटेनिसजस्ता प्रतियोगितामा भारतमा समेत पुरस्कार जितेर फर्किसकेको बताए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: फाल्गुन १३ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend