धरानः डायनामिक युथ क्लब, बीपी प्रतिष्ठानको आयोजनामा सम्पन्न दोस्रो अशोक स्मृति बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
प्रतियोगिताको सेमिफाइनलमा ब्रदर्स टिम र हाम्रो कलेक्सनसँगै तरहरा र यलम्बर बिहीबार भएको खेलमा जित निकाल्दै सेमिफाइनमा स्थान पक्का गर्न सफल भएका छन् ।
लिग कम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा ब्रदर्स टिम र हाम्रो कलेक्सन भने आफ्नो पोलबाट शत प्रतिशत नतिजा निकाल्दै अघिल्लो दिन नै सेमिफाइनल प्रवेश गरेका थिए । बिहीबार भएको खेलमा भने तरहराले बेलबारीलाई ५३–२९, बिर्तामोडले मिराकललाई ४६–४०, हाम्रो कलेक्सनले युवा जागृतिलाई ६३–३३ र यलम्बरले आयोजक डायनामिक युथ क्लबलाई ४६–४३ अङ्कले पराजित गरेका थिए ।
प्रतियोगिताको पाँचौ दिनको पहिलो खेलमा तरहरा र बेलबारीले प्रत्येक क्वाटरमा १६–४, ११–१२, १९–१० र १२–१३ र दोस्रोमा बिर्तामोड र मिराकलले ८–८, ११–१५, १०–११ र १७–६ अङ्क जोडेका थिए ।
त्यस्तै, तेस्रो क्वाटर फाइनल खेलमा हाम्रो कलेक्सन र युवा जागृतिले २१–६, १६–७, १४–१२ र १२–८ र चौथो खेलमा यलम्बर र आयोजक डायनामिकले १०–८, ११–१०, ४–१० र २१–१५ अङ्क जोडेका थिए । पहिलो खेलमा तरहराका अस्मिल राईले १८ व्यक्तिगत अङ्क दोस्रो खेलमा बिर्तामोडका जेनिस सिंहले १५, तेस्रो खेलमा हाम्रो कलेक्सनका विवेक श्रेष्ठले २० र चौथो खेलमा यलम्बरका दिवश राईले १८ व्यक्तिगत अङ्क जोडेका थिए ।
शुक्रबारदेखि शुरु हुने सेमिफाइनल खेल भने होम एण्ड अवेको आधारमा वेस्ट अफ थ्री खेलाइनेछ । तीन खेलमा जुन टिमले दुई म्याच जित्नेछ सो टिम फाइनल प्रवेश गर्नेछन् । सेमिफाइनलमा यलम्बर र ब्रदर्स, त्यस्तै अर्को पोलमा हाम्रो कलेक्सन र तरहराले प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा प्राविधिक सहयोग धरान र सुनसरी बास्केटवल संघको रहेको छ । प्रतियोगिताको फाइनल खेल भने बीपी प्रतिष्ठानको बास्केटबल कोर्टमा सम्पन्न हुनेछ ।

