Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा गल्फ प्रतियोगिता शुरु

हाम्रो कोशी आवाज
फाल्गुन १३ २०७८, शुक्रबार
धरानमा गल्फ प्रतियोगिता शुरु

धरानः पाँचौं एनसेल बाह्रखरी गल्फ प्रतियोगिता शुरु भएको छ । धरानस्थित धरान गल्फ कोर्समा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले शुक्रबार बिहान आमन्त्रण गल्फ प्रतियोगिताको उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उद्याग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल, धरान गल्फ कोर्सका अध्यक्ष वीरेन्द्रविक्रम लिम्बूलगायतले बोलेका थिए ।
बाह्रखरी मिडियाका प्रधानसम्पादक एवम् अध्यक्ष प्रतीक प्रधानका अनुसार गल्फ प्रतियोगिता शनिबार समापन हुनेछ भने आजै अपराह्न सुनसरीको इहटरीमा योङ आन्टरप्रिनुअर्स कन्क्लेभ र शनिबार बिहान विराटनगरमा इकोनामिक समिट आयोजना हुनेछ ।

प्रकाशित मिति: फाल्गुन १३ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend