Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको भानु स्मृतिका विद्यार्थीलाई मास्क र सेनिटाइजर वितरण

हाम्रो कोशी आवाज
फाल्गुन १६ २०७८, सोमबार
धरानको भानु स्मृतिका विद्यार्थीलाई मास्क र सेनिटाइजर वितरण

धरानः धरान–३ स्थित भानु स्मृति माविमा अध्ययनरत विद्यार्थीहरुलाई मास्क र सेनिटाइजर वितरण गरिएको छ ।
गत बिहीबार आयोजित कार्यक्रममा १०३ थान सेनिटाइजर र १३६ थान मास्क वितरण गरिएको अतिरिक्त क्रियाकलाप संयोजक ओमनाथ रिमालले जानकारी दिए । धरान-१५ निवासी (हाल युके) सरस्वती लिम्बू र सरस्वतीकी छोरी एलिना इमिहाङ मादेनको आर्थिक सहयोगमा विद्यार्थीहरुलाई मास्क र सेनिटाइजर वितरण गरिएको थियो । सरस्वतीकी बुहारी धरान-१५ निवासी समाजसेवी सुस्मिता संयोक इमिहाङ लिम्बूले सो सामग्री वितरण गरेकी हुन् ।
द मादेन्स युटुब च्यानलमार्फत् युकेमा रहेर विभिन्न भ्लग निर्माण गर्दै आएकी भ्लगर एलिना इमिहाङ मादेन र युकेकै व्यवसायसम्बन्धी जानकारी दिँदै आएको जुनकिरी नामक बेवसाइटका साथै समाजसेवी सरस्वती लिम्बूले संयुक्तरुपमा रकम सङ्कलन गरी नेपालमा कोराना संक्रमितहरुका लागि सहयोग गर्ने क्रममा सो कार्य सम्पन्न भएको हो ।
सरस्वतीकी बुहारी धरान-१५ निवासी समाजसेवी सुस्मिताले १३६ थान मास्क र १०३ थान सेनिटाइजर विद्यालयका सहायक प्रधानाध्यापक हेमचन्द्र अधिकारीलाई हस्तान्तरण गरेका थिए ।
प्रधानाध्यापक रविन्द्र सुवेदीले मास्क र सेनिटाइजर पाएपछि विद्यार्थी दङ्ग बनेको बताए । कोरोना महामारीको समयमा बालबालिकाहरु जोखिममा हुने भएकोले केही हदसम्म न्यूनीकरणमा सहयोग पुगेको उनले जानकारी दिए ।

प्रकाशित मिति: फाल्गुन १६ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend