Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा बुढासुब्बा गोल्डकपको तयारी

हाम्रो कोशी आवाज
फाल्गुन १८ २०७८, बुधबार
धरानमा बुढासुब्बा गोल्डकपको तयारी

धरानः मोफसलको चर्चित फुटबल प्रतियोगिता ‘२३ औं बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप’ आगामी चैतदेखि हुने भएको छ ।
धरानमा आयोजित पत्रकार सम्मेलनमा चैत अन्तिम साता अर्थात् चैत २६ गतेदेखि वैशाख ३ गतेसम्म प्रतियोगिता हुन लागेको धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए ।
धरानस्थित रङ्गशालामा आयोजना हुने प्रतियोगितामा नेपाल र भारत गरी ८ टिमले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा काठमाण्डौंमा हालै सम्पन्न भएको शहिद स्मारक लिगको उत्कृष्ट ३ वटा टिम, भारतका २ वटा क्लब र मोफसलको अन्य २ उत्कृष्ट क्लब पनि प्रतियोगितामा सहभागी हुने जनाइएको छ ।
बुढासुब्बा गोल्डकप २२ औं संस्करणको लागि पुरस्कार राशी बिजेतालाई १० लाख, ट्रफी प्रदान गरिनेछ भने उपबिजेताला नगद ५ लाख प्रदान गरिनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ लाख ५० हजार पाउनेछन् भने प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार नगद पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २० हजार पाउनेछन् भने उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही नगद १५ हजार पुरस्कार पाउनेछन् ।

कोरोना महामारीको कारण गत वर्ष २३ औं संस्करण हुन सकेन । धरान उपमहानगरपालिकाले प्रतियोगिता आयोजना गर्न १८ लाख रुपैयाँ प्रदान गर्ने निर्णय भएको अध्यक्ष राईले जानकारी दिए ।
गोर्खा ब्रुअरीको प्रमुख प्रायोजनमा हुने प्रतियोगिताका लागि सार्वजनिक गरिएको अनुमानित बजेटमा कुल आम्दामी ६६ लाख रुपैयाँ अनुमान गरिएको छ । कुल खर्च ५१ लाख ३२ हजार रुपैयाँ हुने अनुमान छ । अध्यक्ष राईले भने ‘यो प्रारम्भिक अनुमान हो, नाफा नै हुन्छ भनेर भन्न सकिन्नँ ।’ उनले गोल्डकपको २२ औं प्रतियोगितामा प्रदेश १ सरकारले विनियोजन गरिसकेको रकम समेत नदिएको र राष्ट्रिय खेलकुद परिषदले पनि अहिले सम्म रकम भुक्तान नगरेको गुनासो सुनाए ।

प्रकाशित मिति: फाल्गुन १८ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend