धरानः धरानमा प्रदेश १ स्तरीय लोकनृत्य प्रतियोगिता आयोजना भएको छ ।
धरानकै युनाइटेड डान्स एकेडेमीले यस्तो प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा झापाको होलीबेल स्कुलले मेचे समुदायको नृत्य पस्किएर प्रथम बनेको छ । यस्तै, सरस्वती मावि दमक झापाले थारु नृत्य पस्किएर द्वितीय बन्यो भने धरानस्थित धरान मेघा कलेज गुरु समुदायको कौडा गुरुङ नृत्य पस्किएर तेस्रो बनेको छ । यस्तै, धरानकै नेपाल पुलिस स्कुलले ख्याली मारुनी नृत्य पस्किएर सान्त्वना स्थान हात पारेको छ ।
प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने स्कुलले क्रमशः ३०, १५, ८ र ५ हजार नगद प्राप्त गरेको एकेडेमीका निर्देशक सन्तोष तामाङले जानकारी दिए । कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष रत्न कटुवाल, उत्कृष्ट कोरियोग्राफर होलिबेल स्कुल झापाका पृतम सम्वाहाम्फेलाई सम्मान गरिएको थियो । कार्यक्रममा ६–७ वर्षका साना साना बालबालिकाहरुले नृत्य समेत पस्किएका थिए ।
प्रतियोगिताको निर्णायकहरु युवराज गुरुङ पोखरा, सुरेन्चा काठमाडौं र नन्दा राई धरान रहेका थिए ।