Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सुनाखरी एकेडेमीमा स्वागत

हाम्रो कोशी आवाज
फाल्गुन २० २०७८, शुक्रबार
धरानको सुनाखरी एकेडेमीमा स्वागत

धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीमा स्वागत कार्यक्रम आयोजना भएको छ ।
कक्षा-११ का विद्यार्थीका लागि कक्षा–१० का विद्यार्थीले स्वागत कार्यक्रम आयोजना गरेका हुन् । धरान उपमहानगरपालिका शिक्षा महाशाखाका रमेश शाहको प्रमुख आतिथ्यता र धरान–१२ का वडाध्यक्ष टङ्क राईको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कक्षा-१० का विद्यार्थीले कक्षा-११ का विद्यार्थीलाई खदा र अविर लगाएर स्वागत गरेका थिए भने कक्षा-१० का विद्यार्थीले कक्षा-११ का विद्यार्थीलाई मायाको चिनो पनि प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले धरानका विद्यालयहरुमध्ये सुनाखरी एकेडेमी पनि अग्रणी संस्थाको रुपमा रहेको बताए । ‘धरानका नाम चलेका स्कुलमध्ये सुनाखरी एकेडेमीको क्रियाकलाप, गुणस्तरीय शिक्षा आदि कारणले पनि यो विद्यालय पनि नाम चलेकै संस्थाको रुपमा चिनिन पुगेको छ’, उनले थपे, ‘विद्यालयले अझै उन्नति, प्रगति गर्दै जाओस् ।’ उनले विद्यालयले अन्य रोजगारमुखी कार्यक्रम पनि भित्र्याउन सुझाए । कार्यक्रममा बोल्दै विशेष अतिथि वडाध्यक्ष राईले धरान-१२ मा गुणस्तरीय शिक्षा दिने स्कुल सुनाखरी रहेकोले पनि गर्वको महसुस हुँदै आएको बताए ।
कार्यक्रममा विद्यालयका डाइरेक्टर प्रदीप राईले यस वर्षदेखि म्यानेजमेण्ट सङ्कायमा कक्षा-११ सञ्चालन गरेको बताउँदै आगामी वर्षहरुमा अन्य (साइन्स, एजुकेशनलगायत) सङ्काय पनि थप्ने बताए । प्लस टु कोअर्डिनेटर टपकुमार राई, अध्यापक आनन सुब्बालगायतले अतिथि, विद्यार्थीलाई मायाको चिनो प्रदान गरेका थिए । उनीहरुले रिपोर्ट राइटिङ उत्कृष्ट हुने सुष्मा जिमी, सुजन श्रेष्ठ, श्रेया शाक्य र समयमै रिपोर्ट राइटिङ पेश गर्ने सुधा लिम्बूलाई पुरस्कार पनि प्रदान गरेका थिए ।
स्वागत मन्तव्य समीर राईले व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन अध्यापक प्रविन खत्रीले गरेका थिए । कार्यक्रममा विद्यार्थीले नृत्य र गायनले मनोरञ्जन प्रदान गरेका थिए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: फाल्गुन २० २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend