धरानः धरानको चर्चित धरान रनमा विदेशी खेलाडीसहित देशभरका खेलाडीले सहभागिता जनाएका छन् ।
‘१० औं नेवा च्यारिटी धरान रन १० किमी २०७८’ नाम दिइएको प्रतियोगितामा देशविदेशका खेलाडीहरुले सहभागिता जनाएका हुन् । बिहान पुतलीलाइनबाट रन शुरु भएको थियो ।
कोरोना महामारीपछि आयोजना गरिएको प्रतियोगितामा क्रेज देखियो । आयोजक संस्था धरान रनका अध्यक्ष ओम राईका अनुसार यसपटक पनि उत्तिकै सहभागिता रहेको र करिब ४ हजार जनाले दौडमा सहभागिता जनाएका थिए । यसपटक हवील चेयर रेस पनि आयोजना भएको थियो ।
हेरौं तस्वीर र भिडियोः तस्वीरहरुः हाम्रो कोशी आवाज














