धरानः एलाइनेट जीमको आयोजनामा आयोजित २१ औं मिस्टर धरान शारीरिक सुगठन प्रतियोगिताको उपाधि हाम्रो व्यामशालाका आशिष राईले चुमेका छन् ।
७५ केजी तौल समूहका विजेता आशिष राईले नगद १ लाख रुपैयाँसँगै तीन लाख रुपैयाँ बराबरको मल्टी स्मिथ मेसिन, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । मल्टी मेसिन फिटनेस चोइस इटहरीले स्पोन्सर गरेका हुन् ।
त्यस्तै, ७० तौल समूहका अर्पण लिम्बू दोस्रो र ६५ तौल समूहका सन्तोष लिम्बू तेस्रो र झुनाज फिटनेसका सन्तोष चौथो भएका छन् । अर्पण र सन्तोष क्रन्च फिटनेसका हुन् । उनीहरुले क्रमशः नगद ४० हजार, ३० हजार, २० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
यस्तै, प्रतियोगिताको वेस्ट पोजर उपाधि क्रन्च फिटनेसका रिचर्ड तामाङ, मौस्ट इम्प्रुभमेन्ट उपाधि क्रन्चका सन्तोष लिम्बू, र मोस्ट मस्कुलरको उपाधि भिजन फिटनेसका …..ले जितेका छन् । उनीहरुले जनही नगद ५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उनीहरुलाई कार्यक्रमका सभाध्यक्ष एलाइनेट जीमका अध्यक्ष विक्रम लिम्बू, प्रमुख अतिथि धरान उपमहानगरपालिका प्रमुख तिलक राई, ओसियन पार्क इटहरीका प्रोप्राराइटर डम्बर तामाङ, समाजसेवी मिना सिंगकलगायतले पुरस्कार प्रदान गरेका थिए ।
एलाइनेट जीमको १९ औं प्रस्तुति रहेको कार्यक्रम दुईदिनसम्म चलेको थियो । शुक्रबार सहभागीहरुबाट प्रि–जजिङ गरी शनिबार भने फाइनल गरिएको थियो ।
तस्वीरहरुः प्रशान्त श्रेष्ठ



