Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा करेन्ट लागेर एकजनाको मृत्यु

हाम्रो कोशी आवाज
फाल्गुन २३ २०७८, सोमबार
धरानमा करेन्ट लागेर एकजनाको मृत्यु

धरानः धरानमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
धरान उपमहानगरपालिका १५ कृष्णपथमा करेन्ट लागेर एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पुष्पाञ्जली मार्गका ३५ वर्षीय मौसम प्रधान रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए ।
पदमबहादुर गुरुङको घरमा ट्रस लगाउने क्रममा अचानक करेण्ट लागेर छतबाट भुइँमा लडेर गम्भीर घाइते बनेका उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए ।
घटनाको जानकारी पाएलगतै घटनास्थल पुगेको वडा प्रहरी कार्यालय धरानले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ । आइतबार बेलुका ६ बजे पदमबहादुर गुरुङको घरमा ट्रस लगाउने क्रममा उनी गम्भीर घाइते बनेका थिए ।

प्रकाशित मिति: फाल्गुन २३ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend