Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दुर्घटनामा गम्भीर घाइते बनेका धरानका नहकुलको मृत्यु

हाम्रो कोशी आवाज
फाल्गुन २४ २०७८, मंगलबार
दुर्घटनामा गम्भीर घाइते बनेका धरानका नहकुलको मृत्यु

धरानः धरान–इटहरी सडक खण्डमा पर्ने सेउती खोला छेऊमा बस र स्कुटी जुध्दा गम्भीर घाइते बनेका स्कुटी चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नहकुल आचार्य रहेको जिल्ला प्रहरी कार्यालय सुनसरी धरानका इनिस्पेक्टर भुवनबाबु खड्काले जानकारी दिए ।
गत फागुन १७ गते धरानबाट इटहरीतर्फ जाँदै गरेको यात्रुबाहक बस र धरान आउँदै गरेको स्कुटी जुधेको थियो । ना५ख ६५४६ नम्बरको यात्रुबाहक बस र इटहरीबाट धरानतर्फ आउँदै गरेको को३६प १०२७ नम्बरको स्कुटी जुध्दा स्कुटी चालक धरान–१३ बस्ने वर्ष ५६ को नहकुल गम्भीर घाइते बनेका थिए ।
घाइतेमध्ये स्कुटी चालक बोल्न समेत नसक्ने अवस्थामा थिए । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको र थप उपचारका लागि उनको विराट नर्सिङ होम लगिएको थियो । उपचारको क्रममा सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन २४ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend