Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ब्याडमिन्टन प्रतियोगिता

हाम्रो कोशी आवाज
फाल्गुन २५ २०७८, बुधबार
धरानमा ब्याडमिन्टन प्रतियोगिता

धरानः धरानमा तेस्रो अन्तर कर्मचारी मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
धरान उपमहानगरपालिकाको आयोजना तथा खेलकुद विकास समितिको संयोजनमा वडा नं. १३ स्थित संघीय इकाई प्रहरी कार्यालयको ब्याडमिन्टन कोर्टमा सोमबारबाट शुरु भएको प्रतियोगिता मङ्गलबार सम्पन्न भएको हो ।
ब्याडमिन्टन प्रशिक्षक देवेन्द्र खड्काका अनुसार प्रतियोगिता तीन क्याटोगोरीमा खेलाइएको थियो । ब्वाइज डबलतर्फ रामकुमार माबो र कुमार राई प्रथम, किशोर अधिकारी र सत्यनारायण राई द्वितीय, राजेन्द्र राई र दीपक मगर, रमेश राई र राजीव राई तृतीय भए । यस्तै, गल्र्स डबलतर्फ स्वेता राई र इच्छा मगर प्रथम, लक्ष्मी तामाङ र एलिसा राई द्वितीय, मिना कुलुङ र सरस्वती सुनुवार, दिपीका कार्की र मन्नु राई तृतीय भइन् । यस्तै, ब्वाईज डबलतर्फ नै अर्जुन राई र सञ्जीव राई प्रथम, रोशन घिमिरे र मुकेश पोखरेल द्वितीय, समिर पौडेल र वसन्त चन्द, प्रदीव बस्नेत र यज्ञ यादव तृतीय भए ।
पुरुष र महिलातर्फका प्रथम, द्वितीय, तृतीय भएका खेलाडीले पुरस्कार बापत क्रमशः नगद ६ हजार, ३ हजार, २–२ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे ।
विजेता खेलाडीहरुलाई मेयर तिलक राईले पुरस्कार वितरण गरेका थिए । मेयर राईले विजेता खेलाडीहरुलाई बधाई तथा शुभकामना दिँदै शरीरलाई चुस्त दुरुस्त राख्न दैनिक शारीरिक व्यायाम गर्न सुझाव दिए । दैनिकरुपमा व्ययाम गर्दा स्मरण शक्तिमा हुने ह्रासलाई रोक्न मद्दत गर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति: फाल्गुन २५ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend