धरानः सहीरुपमा हात मुख नधुने र दैनिक व्यवस्थित ढंगले दाँत नमाझ्ने बानीको प्रभाव सिधै हाम्रो स्वास्थ्यमा पर्ने गर्दछ । कति पय मानिसहरुसँग यी कुराहरुबारे पर्याप्त जानकारी हुँदैन र उनीहरु रोगको छापमा आउँछन् ।
त्यसैले समाजमा जल्दोबल्दो विषयमा जनचेतना फैलाउने उद्देश्यले रोटयाक्ट क्लब अफ धरान घोपाद्वारा धरान–१६ समीचौक, धरान–१७ मा रहेको कमजोर मनौवैज्ञानिक बालबालिकाको लागि घरमा सही तरिकाले हात धुने र ब्रस गर्ने प्रविधिबारेमा तालिम आयोजना गरेको छ ।
तालिममा रोटयाक्टरहरु, स्कुलका विद्यार्थी र कर्मचारीहरु समेत करिब ५० जना सहभागी थिए । तालिमपछि ब्रस, साबुनहरु र ह्यान्डवासहरु सहभागीहरुलाई समेत वितरण गरिएको थियो । यसका साथसाथै कार्यक्रमको दोस्रो चरणमा क्लबको उद्घाटन गरिएको थियो । कार्यक्रममा क्लबको प्रगति र रणनीतिबारे समीक्षा गरिएको थियो । कार्यक्रममा क्लबको प्रकाशनको रुपमा रहेको ‘सिपनोसिस– भाग १’ पनि सार्वजनिक गरिएको थियो ।