Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सियोन स्कुलमा बास्केटबल, होलिल्याण्डले जित्यो छात्रछात्राकै उपाधि

हाम्रो कोशी आवाज
फाल्गुन २५ २०७८, बुधबार
धरानको सियोन स्कुलमा बास्केटबल, होलिल्याण्डले जित्यो छात्रछात्राकै उपाधि

धरानः अन्तर विद्यालय थ्री वाइ थ्री सियोन बास्केटबल प्रतियोगिताको छात्रछात्रा दुवैतर्फको उपाधि होलिल्याण्ड स्कुलले चुमेको छ ।
सियोन स्कुलको आयोजनामा मङ्गलबार सम्पन्न एकदिने प्रतियोगितामा होलिल्याण्ड स्कुलले छात्रतर्फ युएनलाई १०–४ र छात्रातर्फ आयोजक सियोन स्कुललाई ११–० अङ्कको अन्तरले पराजित गर्दै उपाधि जितेका हुन् । बिजेता तथा उपबिजेताले ट्रफी, कफी पव एण्ड रेष्टोको पाँच सय रुपैयाँ बराबरको फुड भौचर, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडी छात्र र छात्रातर्फ नै होलिल्याण्ड स्कुलका युडी लिम्बू र इच्छा लावती घोषित भइन् । यसैगरी उदयीमान खेलाडी आयोजक सियोन स्कुलका गौरव गुरुङ र इनु लिम्बू घोषित भइन् । उनीनहरुले ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । पुरस्कृत खेलाडीहरुलाई सियोन स्कुलका डाइरेक्टर खड्गबहादुर थापा मगर, प्राचार्य सञ्जीव बान्तावा, प्रदेश १ बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई, महिला बास्केटवलका राष्ट्रिय खेलाडी डा. आशा राईलगायतले पुरस्कार वितरण गरेका थिए ।
सोही दिन प्रतियोगिताको फाइनल खेलअघि थ्री पोइन्ट कम्पिटिसन समेत आयोजना गरिएको थियो । थ्री पोइन्ट कम्पिटिसनमा ५ बास्केट गर्दै डिपो स्कुलका रिदम लिम्बूले उपाधि जितेका थिए । उनले ट्रफी, पाँच सय रुपैयाँ बराबरको कफी पब एन्ड रेष्टोको फुड भौचर र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा धरान र तरहराका गरी छात्रतर्फ ९ र छात्रातर्फ सात टिमले सहभागिता जनाएका थिए । सहभागी विद्यालयहरुमा आयोजक सियोन स्कुल, होलिल्याण्ड स्कुल, युएन, डिपो, समिट स्कुल, हिमशिखर तरहरा र केके इन्टरनेसशल स्कुल रहेको थियो ।
बिहानदेखि साँझसम्म सम्पन्न एकदिने प्रतियोगिताको प्रमुख अतिथि धरान उपमहानगरपालिका प्रमुख तिलक राई रहेका थिए । धरान बास्केटबल संघको प्राविधिक सहयोग सम्पन्न प्रतियोगितामा नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, प्रेस सेन्टर नेपालका प्रदेश १ सदस्य सञ्जय याक्खालगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताका सम्पूर्ण खेल धरान–१६ स्थित सियोन स्कुलको बास्केटबल कोर्टमा सम्पन्न भएको थियो ।
तस्वीरहरुः विकास चाम्लिङ राई

 

प्रकाशित मिति: फाल्गुन २५ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend