Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा लिम्बुवान र आदिवासीबीच फुटबल

हाम्रो कोशी आवाज
फाल्गुन २५ २०७८, बुधबार
धरानमा लिम्बुवान र आदिवासीबीच फुटबल

धरानः धरानमा लिम्बुवान फुटबल क्लब र आदिवासी फुटबल क्लबबीच भएको मैत्रीपूर्ण खेल एक एक गोलको बराबरीमा सम्पन्न भएको छ ।
धरानको एन्फा रङ्गशालामा बुधबार भएको खेलमा दुवैतर्फबाट एक एक गोल भएको थियो । लिम्बुवान फुटबल क्लबको तर्फबाट भाइचुङ लिम्बूले एक गोल गरे भने आदिवासी फुटबल क्लबबाट मिक्मा यल्मोले गोल गरेका थिए ।
‘स्वास्थ्यको लागि मैत्रीपूर्ण सम्बन्धको लागि, सामूहिक कार्य प्रणालीको विकासको लागि, जिवनमा खेलको महत्व छ’ भन्ने सन्देश प्रभाव गर्न यस्तो खेल भएको हो ।
खेल समापनपछि आदिवासी जनजातिका अभियन्ता डा. कृष्ण भट्टचनले खेल खेल्नको उद्देश्य आदिवासीको स्वायत्तता लिम्बुवान प्राप्तिको लागि भएको बताए । उनले स्वायत्ततासहितको आत्मनिर्णयको अधिकारयुक्त लिम्बुवान लागि भएको बताए । उनले एकताको सन्देशको लागि २०१२ सालमा आदिवासी फुटबल क्लब स्थापना भएको बताए । डा. भट्टचनले बार्सिलोना क्लबको उदाहरण दिँदै बार्सिलोना क्याटामिनाको स्वायत्तताको लागि भएको बताए ।
उनले जनजाति महासंघको आन्दोलन तुहिनुमा पार्टीको झोले भएका कारण नै मुख्य रहेको बताए । समापनमा आदिवासी फुटबल खेलाडी सबैलाई खादा लगाएर सम्मान गरिएको थियो ।

प्रकाशित मिति: फाल्गुन २५ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend