Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ‘गाउँ आएको बाटो’ चलचित्रको छायाङ्कन

हाम्रो कोशी आवाज
फाल्गुन २६ २०७८, बिहिबार
धरानमा ‘गाउँ आएको बाटो’ चलचित्रको छायाङ्कन

धरानः धरानमा चलचित्र ‘गाउँ आएको बाटो’ नामक चलचित्रको छायाङ्कन भएको छ ।
तीनदिनसम्म लगाएर चलचित्रको टोलीले धरानमा छायाङ्कन गरेको हो । नविन सुब्बाको निर्देशन तथा नायक दयाहाङ राई र नायिका पशुपति राईको मुख्य भूमिकामा बन्न लागेको चलचित्रको छायाङ्कन धरानमा भएको हो ।
आइतबारदेखि धरानमा छायाङ्कन गरेको टिमले धरानमा बुधबारसम्म छायाङ्कन गरी बिहीबार बिहान भोजपुर वालङ्खा फर्किएका छन । युनिटले बुधबारसम्म धरानका भानुचौक, मुनाल चौक, राँगाचौक, सब्जी मण्डीलगायत विभिन्न स्थानमा छायाङ्कन गरेका थिए ।
उनीहरुलाई मङ्गलबार साँझ भने खदा ओढाएर धरान–१० स्थित पुतली लाइनमा रहेको कफी पव एण्ड रेष्टोले स्वागत सम्मान गरेको थियो । पबमा फ्यानहरुले दयाहाङ र पशुपतिलाई घेरेपछि एकछिन तस्वीर खिचाउने कार्य भएको थियो ।
आमोदको निर्माणमा बन्न लागेको चलचित्रमा दयाहाङ र पशुपतिसँगै प्रमिसा राई, केशव राई, राज थापा, प्रेम सुब्बा, बालकलाकार प्रशन राई र खानुवुङ राईको भूमिका रहेको छ । भर्खरै मात्र कवड्डी ४ को छायाङ्कन सकेको दयाहाङको योसँगै चार वटा चलचित्र प्रदर्शनीको लाइनमा रहेको छ । यसअघि कवड्डी ४ सँगै निरफुर र जारीको छायाङ्कन सकिएको छ ।
छायाङ्कनको अन्तिम चरणमा पुगिसकेको यस चलचित्रमा गाउँमा बाटो आएपछिको परिवर्तन, उपलव्धी, खुशी देख्न सकिने निर्देशक सुब्बाले बताए । उनले थपे, ‘चलचित्रमा गाउँमा विकास भएपछि बुबा र छोराको सम्बन्ध, मानवीय संवेदनशीलतामा देखिएको परिवर्तन देखाइएको छ ।’
रिलिज मितिको प्रसङ्गमा भने चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्य भएकोले अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा वल्र्ड प्रिमियरमा प्रदर्शन गर्ने योजना रहेको सुब्बाले जानकारी दिए । रिलिज मिति सोहीअनुसार तोकिने उनले बताए ।

प्रकाशित मिति: फाल्गुन २६ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend