धरानः धरानमा दोस्रो हङकङ एमेच्योर ओपन गल्फ प्रतियोगिता हुने भएको छ ।
बुबा दलबहादुर लिम्बू र आमा सुनमाया लिम्बूको स्मृतिमा यही फागुन २८ गते दोस्रो हङकङ एमेच्योर ओपन गल्फ प्रतियोगिता आयोजना गर्न लागिएको छोरा प्रताप मादेन लिम्बू एवं परिवारले धरान गल्फ क्लबमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
धरान गल्फ क्लबका उपाध्यक्ष जीतेन्द्र राईले यस प्रतियोगितामा स्थानीय एमेच्योरहरुले भाग लिने बताए । उनले खुला एम्योचोर प्रतियोगिता भएकोले धरान बाहिरकोले पनि खेल्न पाउने बताए । उनका अनुसार प्रतियोगितामा पुरुषतर्फका विजेताले ट्रफी र गल्फ प्राक्टिस नेट पाउनेछ भने उपविजेताले ट्रफी र बेल्ट पाउनेछ । ग्रोस, लङगेष्ट ड्राइभ, नियरेष्ट टु दि पिन र मोष्ट बर्डिजले पनि ट्रफी र ग्लोब्स प्राप्त गर्नेछ । यस्तै, महिलातर्फ विजेता खेलाडीले ट्रफी र ग्लोब्स प्राप्त गर्नेछ । यस्तै, सिनियर विजेता खेलाडीले ट्रफी र गल्फ प्राक्टिस नेट पाउनेछ भने जुनियर विजेता खेलाडीले ट्रफी र ग्लोब्स प्राप्त गर्नेछ ।
यसैबीच धरानले उत्पादन गरेको युवा गल्फर शुक्रबहादुर राईलाई पनि विदाइ गरिएको थियो । राई शुक्रबार भारतको कोलकत्तामा प्रोफेस्नल गल्फ टुर अफ इन्डिया खेल्न जाँदैछन् ।