Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बैंक-फाइनान्सकै कारण आत्महत्या !

हाम्रो कोशी आवाज
फाल्गुन २९ २०७८, आइतबार
बैंक-फाइनान्सकै कारण आत्महत्या !

पछिल्लो समय वित्तीय संस्थामा अर्थको खडेरी पर्न थालेपछि बढी व्याजको प्रचारप्रसार गर्न थालिएको पाइन्छ । केही निजी बैंकले १३ प्रतिशत र सहकारीले १७ प्रतिशसम्म व्याज दिने भनेर बचतकर्तालाई प्रलोभन देखाइरहेका छन् । बढी व्याज देखाएर बैंक, फाइनान्सले बचतकर्तालाई पैसा जम्मा गर्न लगाउँछन् अनि त्यही पैसा बैंकका सञ्चालक, अध्यक्ष वा कर्मचारीले मिटर व्याजमा लगाउँछन् । बचतकर्ताहरु पनि बढी व्याजको लोभमा परेर आफूसँग भएको पैसा जम्मा गर्छन् । बुझ्दै नबुझी बचतकर्ताहरुले पैसा जम्मा गर्दछन् । तर, सस्थाले यो रकम कहाँ लगेर लगानी गर्दछ ? हामीलाई यत्रो व्याज कसरी दिन्छ ? भन्नेबारे बचतकर्तालाई केही जानकारी हुँदैन । मुद्दति खातामा पैसा राख्नेले पनि प्रत्येक ६ महिनामा व्याज पाउँछन् । यता, बजारबाट दैनिक उठाएको पैसाको पनि सहकारीहरुले व्याज दिँदैनन् । हामी आफैले लगेर राख्यौ भनेपनि उनीहरुले ८ देखि १० प्रतिशतभन्दा धेरै व्याज दिँदैनन् । नयाँले यति व्याज पाएपनि पुरानाले जम्मा ५ देखि ६ प्रतिशत व्याज पाइरहेका छन् । न उनीहरुले बैंक, फाइनान्सबाट पैसा निकाल्न पाउँछन् न व्याज नै बढाइन्छ ।
पछिल्लो समय वित्रीय संस्थाहरुले जम्मा भएको रकम पाँच वटा क्षेत्रमा लगानी गरेको देखिन्छ । बैंकले १६ प्रतिशत व्याजमा कर्जा लगानी गरेको देखिन्छ, सहकारीले २१ प्रतिशतसम्म लगानी गरेको पाइन्छ । यता, सहकारीले तीन प्रतिशत सेवाशुल्क र थप शेयर पनि खरिद गर्न बाध्य पार्छ । तर, सहकारी विभागले कर्जा लगानी गर्दा १६ दशमलव ५ प्रतिशतभन्दा बढी व्याज लिन पाइँदैन भनेर नियम बनाएको छ । पहिले १४ प्रतिशत मात्र व्याज लिन पाउने व्यवस्थाको दायरा फराकिलो बनाएर १६ प्रतिशत बनाएको हो । कानुनमा उल्लेख भएअनुसार सहकारीले कर्जा लिने मान्छेसँग १६ प्रतिशतभन्दा बढी व्याज लिन पाउँदैन । नयाँ कर्जावालले २१ व्याज तिर्नुपरेको छ । तर, पुरानै कर्जावाल समेत १८ प्रतिशतसम्म व्याज तिर्न बाध्य छन् । बैंकबाट कर्जा खाने मान्छेहरुलाई पनि व्याज बढाइएको छ । ९ प्रतिशतमा कर्जा पाएकाहरुको व्याज बढेर १४ मा पुगेको छ । तर, पुराना डिपोजिटकर्ताहरुलाई व्याज बढाइएको छैन । यता, बैंक, फाइनान्सले गरेको लगानी नै जोखिमपूर्ण छ । बढी व्याज, शेयर र सेवा शुल्कका लागि बैंक, फाइनान्सले कमसल धितोमा पनि बढी कर्जा दिइएको छ । केही वर्ष अघिदेखि च्याउ उम्रेझै बैंक, फाइनान्स उम्रिएका छन् । एउटा घरमा पाँच वटासम्म वित्तीय संस्थाका बोर्ड छन् ।
पछिल्लो समय वित्तीय संस्थाले धेरै रकम लगानी गर्ने भनेको घरजग्गामा हो । तर, बैंक, फाइनान्सले सोच्दै नसोची घरजग्गामा लगानी गरेका छन् । सरकारी रेट एउटा भएपनि उसले यसमा विचार नगरी बजार भाउअनुसार लगानी गरिरहेका छ । सरकारले आनाको पाँच लाख निर्धारण गरेको ठाउँमा बैंक, फाइनान्सले आनाको ३० लाखसम्म लगानी गरेका छन् । तर, सरकारले त्यसजग्गाको जम्मा पाँच लाखको दरले राजस्व लिन्छ । केही कारणबस सरकारले सो जग्गा लिलाम गरयो भने पाँच लाखकै मूल्य निर्धाररण गरिन्छ । यता, बैंक, फाइनान्सको लगानी त वालुवामा पानी मिसाएझै भइहाल्यो । जसको कारण बैंक, फाइनान्सको लगानी जोखिमपूर्ण छ । बैंक, फाइनान्स डुब्यो भने जनताको पैसा चुर्लुम्मै हुन्छ ।
डेढ करोडमा किनेको जग्गामा बैंक, फाइनान्सको एक करोड रुपैयाँ लगानी हुन्छ । वित्तीय संस्थाले त्यही जग्गा धितो राखेर कर्जा एक करोड कर्जा प्रवाह गर्छ । १० करोडमा जग्गा किन्नेले पनि त्यही गर्छन् । ६ करोड बैंकले लगानी गर्छ चार करोड जग्गा खरिदकर्ताले । तर, भोलि सरकारले केहीगरी सो जग्गा कब्जा गरयो भने जम्मा ६६ लाखकै मूल्य निर्धारण हुन्छ । कानुनको निर्णयलाई नमान्दा जनताको पैसा जोखिममा पर्छ कि पर्दैन ? शेयर, निजी प्लेटको गाडीमा पनि उही नै छ । अटोशोरुमबाट गाडी किनेको एक सातामै गाडीको आधा मूल्यमा खरिद हुन्छ । कति बैंक, फाइनान्सले बिनाधितो जमानीमा व्यापारीहरुर्ला कर्जा दिएका छन् । बैंक, फाइनान्सले गलत ठाउँमा कर्जा लगानी गर्दा यो जुनसुकै बेलापनि डुब्न सक्ने अर्थविद्हरुको भनाइ छ । अहिले शेयर र घरजग्गाको मूल्य स्वात्तै घटेको छ । यता, निजी प्लेटको गाडीहरुको किनबेच पनि ठप्प बनेको छ । तर, यो क्षेत्रमा बैंक, फाइनान्सले ८० प्रतिशत कर्जा यही क्षेत्रमा लगानी गरेको छ । यी क्षेत्रमा किनबेच ठप्प बन्यो वा मूल्य बढेन, भ्यालुवेसन भएन भने बैंक त डुब्छ । यता, उसको व्याज त बढ्दै जान्छ । यसले गर्दा बैंक, फाइनान्स डुब्ने कि भाग्ने भन्ने स्थितिमा आइसकेका छन् । त्यसैले, बचतकर्ताले आफ्नो पैसा सुरक्षित छ कि छैन् यसबारे खोजतलास गर्ने बेला आइसकेको छ ।
हाम्रो संस्थाले यति नाफा कमायो भनेर उसले झुठो विज्ञापन गर्दैछ । आफ्नो खातामा भएको पाँच लाख रुपैयाँ निकाल्न गयो भने उसले दुईदिन लगाएर साटही गर्छ । कि त व्याजको प्रलोभन देखाएर त्यतिकै फर्काइदिन्छ । बजारमा आर्थिक मन्दी आइसकेको छ । व्याज बढाइदिन्छु भनेर सर्वसाधारणको पैसा थुत्न खोज्नुले उनीहरु धरासायी बनेको अथ्र्याउँछ । अबपनि व्याजको लोभमा परेर बैंक, फाइनान्समा लगेर राख्दा जुनसुकै बेला पनि डुब्न सक्छ । व्याजको लोभमा साँवापनि बाँकी नरहने स्थिति बन्न धेरै बेर नलाग्ला । केही साताअघि पास भएको एमसीसीले पुरै बजार अन्योलतामा छ । कति राजनीतिक दलहरु यसको विपक्षमा उभिएका छन् । राजनीतिक दलहरुले बन्द हड्तालको घोषणा मात्र गरे भने बैंक, फाइनान्सले भएको पैसा कहाँ लगेर लगानी गर्ने ? अब बैंक, फाइनान्सलाई नयाँ लगानी गर्ने ठाउँको खोजी गर्न हम्मेहम्मे छ । मानिसहरुले अब कर्जा लिन छाड्छन् । पहिले कर्जा लिएकाले पनि ऋण तिर्न सक्दैनन् ।
अनि बैंक, फाइनान्सले कति जनाको घरजग्गा लिलाम गर्ने ? कतिको शेयर लिलाम गर्ने ? कतिको गाडी ? लिलाम गरेर पनि खरिदकर्ता त हुनुपरयो । लिलाम गरिएका सम्पत्तिहरु खरिद नभएको खण्डमा बचतकर्ता डुब्छन् । डिपोजिट राख्ने र कर्जावाल दुईवटै डुब्छन् । डिपोजिटकर्जा र कर्जावाल दुवै सडक छाप । आफू नाफा कमाउन र बढी तलबभत्ता खानको लागि बैंक, फाइनान्सका सञ्चालक र कर्मचारीहरुले सीधासाधी जनतालाई ठगिरहेका छन् । डिपोजिटकर्तालाई सस्तो व्याज, कर्जावाललाई महङ्गो व्याज । अझै पनि यिनीहरुलाई स्तन्त्र छोड्ने हो भने अर्थतन्त्र तहसनहस हुन्छ । महङ्गीले पनि सीमा नाघ्छ । अहिले बजार मूल्य चर्किनुमा बैंक, फाइनान्सको ठूलो हात छ । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले निजी बैंकहरुलाई घरजग्गा, शेयर र गाडीमा लगानी नगर्नुस् भन्दा पनि अटेर गरिरहेका छन् । सरकारको निर्णय लत्याएर उसले अहिले पनि यी क्षेत्रमा लगानी गरिरहेका छन् । यता, घरजग्गा दलालीहरुले बैंक, फाइनान्सका अध्यक्षलाई घुस खान दिएर कर्जा प्रवाह गरिरहेका छन् । सरकारको निर्णय नमान्ने बैंक, फाइनान्सलाई कानुनको दायरामा ल्याउनुपर्छ । सम्बन्धित निकायले खोजतलास गरेर अटेर गर्नेहरुको दर्ता खारेज गरिदिनुपर्छ । बैंक, फाइनान्सले कतिलाई सडक छाप बनाएका छन् । कतिपयलाई भाग्ने अवस्थामा पुरयाइदिएका छन् । बैंक, फाइनेन्सकै कारणले आत्महत्या गरेको घटना पनि थुप्रै छ । यिनीहरुलाई कारबाही हुँदैन सरकार ?
(अनुषा पत्रकारिता विषयमा अध्ययनरत् छिन् ।)

प्रकाशित मिति: फाल्गुन २९ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ८ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • धरानको बीपी प्रतिष्ठान अगाडि प्रहरी र अनुगमन टोली देख्नेवित्तिकै औषधि पसले भागे, टोलीले झुन्डयायो ताला

    धरानः धरान-१८ बीपी प्रतिष्ठानको गेट बाहिरका औषधि पसलमा अनुगमन जारी छ । यसैबीच सोमबार गरिएको अनुगमनमा १४ औषधि पसललाई शिलबन्दी गरिएको औषधि व्यवस्था विभागका अधिकृत...

    • ७ दिन अगाडी
    • २ मिनेट पाठ
  • विराटनगर आइपुग्यो कोलकाताबाट छुटेको रेल

    धरानः नेपाल-भारत पारवहन सन्धिअन्तर्गत भारतको कोलकाता बन्दरगाहबाट विराटनगरसम्म पहिलोपटक सञ्चालन भएको मालवाहक (कार्गो) रेल विराटनगर आइपुगेको छ। नेपाली महावाणिज्य दूतावास, कोलकाताको पहलपछि तेस्रो मुलुकबाट...

    • ७ दिन अगाडी
    • ४ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend