Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको वीरेन्द्र मेमोरियल कलेजमा ‘क्यारियर डेभलपमेण्ट सेल’ गठन

हाम्रो कोशी आवाज
चैत्र २ २०७८, बुधबार
धरानको वीरेन्द्र मेमोरियल कलेजमा ‘क्यारियर डेभलपमेण्ट सेल’ गठन

धरानः धरान–१ स्थित वीरेन्द्र मेमोरियल कलेजमा क्यारियर डेभलपमेण्ट सेल २०७८ गठन भएको छ ।
सेलमा विद्यार्थीहरु नै समेटिएका छन् । विद्यार्थीको व्यक्तित्व विकासका लागि यो सेल स्थापना भएको कलेजका प्रिन्सिपल प्रा. ताराबहादुर निरौलाले जानकारी दिए । ‘उनीहरुले विभिन्न कार्यक्रमहरु आयोजना (जस्तैः स्वागत तथा बिदाइ कार्यक्रम, खेलकुदका गतिविधि, विभिन्न व्यक्तित्व विकासका तालिम तथा गोष्ठी आदि इत्यादि गर्नेमा आशावादी छौं ।’ उनले भने ।
यसले विद्यार्थीको व्यवस्थापकीय क्षमतामा वृद्धि हुने विश्वास लिइएको उनले जानकारी दिए । समग्रमा भन्दा विद्यार्थीहरुलाइ आफ्नै प्रयासद्वारा आफ्नो ब्यक्तित्व विकासका लागि कलेजले उपलब्ध गराएको एउटा प्लेटफर्म भएको उनले जानकारी दिए ।
एक कार्यक्रमका बीच सो सेलको उद्घाटन कलेजका प्रिन्सिपल प्रा. निरौला, व्यवस्थापन समिति सदस्य राजविमल श्रेष्ठ र सो सेलका नवनिर्वाचित अध्यक्ष अनिस श्रेष्ठले गरेका थिए ।

प्रकाशित मिति: चैत्र २ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend