Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सियोन स्कुलमा खेलकुद सप्ताह भव्य

हाम्रो कोशी आवाज
चैत्र २ २०७८, बुधबार
धरानको सियोन स्कुलमा खेलकुद सप्ताह भव्य

धरानः धरान-१६ स्थित सियोन स्कुलमा खेलकुद सप्ताह २०७८ कार्यक्रम आयोजना भएको छ ।
मङ्गलबार खेलकुद सप्ताह कार्यक्रमको समापन भएको छ । समापन कार्यक्रममा खेलकुदमा जित्ने विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको छ । विद्यार्थीहरुको शारीरिक प्रतिभा प्रस्फुटन गराउने उद्देश्य र ‘स्वास्थ्यका लागि खेल’ भन्ने उद्घोषका साथ खेलकुद सप्ताह कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल सञ्जीव वान्तावाले जानकारी दिए ।
उनका अनुसार विद्यालयमा बास्केटबल, विभिन्न दौड प्रतियोगिता, पासिङ बल, म्युजिकल चेयर, ब्यान्डिङ बुक, बुक ब्यालेन्सलगायत एक दर्जन बढी खेलकुदका विधामा विद्यार्थीबीच प्रतिस्पर्धा गराइएको थियो ।
एनप्याब्सनका धरान नगर अध्यक्ष तथा जिल्ला सचिव भगत हुक्पाचोङवाङ लिम्बूको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा धरान मन्टेश्वरीका निर्देशक दीपक अग्रवाल विशेष अतिथिका रुपमा उपस्थित थिए । कार्यक्रममा प्रमुख अतिथि एनप्याब्सनका अध्यक्ष लिम्बू, विशेष अतिथि धरान मन्टेश्वरीका निर्देशक अग्रवाल, सहायक प्रिन्सिपल राकेश चौधरी, पिआरओ मान थापा मगर, डिआइ प्रकाश तामाङलगायतले विद्यार्थीलाई पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
समापन कार्यक्रममा विद्यालयका डाइरेक्टर खड्गबहादुर थापा मगरले प्रमुख अतिथि, अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए । खेलकुदले विद्यार्थीलाई अनुशासन सिकाउने, नैतिकवान बनाउने भएकोले हरेक विद्यार्थीलाई खेलकुदको क्षेत्रमा अगाडि बढाउनु जरूरी डाइरेक्टर खड्गबहादुर थापा मगरले बताए । ‘विद्यार्थीहरुको चौतर्फी विकासका लागि पढाइसँगै खेलकुदलगायत अन्य अतिरिक्त क्रियाकलाप पनि आवश्यक पर्ने भएकाले विद्यालयले वार्षिकरुपमा नै खेलकुदलगायत अन्य अतिरिक्त क्रियाकलापका गतिविधि गर्दै आएको छ’, उनले भने, ‘त्यही भएर यहाँका विद्यार्थी पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल छन् ।’
देशको असल नागरिक बन्नको लागि खेलकुदले सघाउन पुरयाउने र खेलकुदको मध्यमबाट समाजमा समेत राम्रो जनशक्ति उत्पादन हुने उनको भनाइ छ । केजीदेखि ९ कक्षासम्मका विद्यार्थीहरु खेलकुदमा सहभागी भएका भए थिए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: चैत्र २ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend