Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१५ को हिविस्कस स्कुलका विद्यार्थीले खगोल विज्ञानबारे ज्ञान सिके

हाम्रो कोशी आवाज
चैत्र २ २०७८, बुधबार
धरान-१५ को हिविस्कस स्कुलका विद्यार्थीले खगोल विज्ञानबारे ज्ञान सिके

धरानः धरान-१५ स्थित हिविस्कस इङ्लीस बोर्डिङ स्कुलमा निःशुल्क दन्त शिविर आयोजना भएको छ ।
गोल्डेन डेन्टल क्लिनिक धरान-९ पुतलीलाइनको प्राविधिक सहयोगमा भएको दन्त शिविरमा ३ सय ५० विद्यार्थीले आफ्नो दाँतको परीक्षण गराएको विद्यालयका सञ्चालक, प्रबन्ध निर्देशक गंगाराम राईले जानकारी दिए ।
शिविरमा डा. सञ्जय शर्मा, डा. दिप्ती श्रेष्ठ, डा. आश्विन गुप्ता, नर्स अन्सा राई, रिया कार्कीलगायतको टोलीले दन्त परीक्षण गराएका थिए । उपस्थित डाक्टरहरुबाट विद्यार्थीले दाँत कसरी सुरक्षित राख्ने, ब्रस कसरी गर्नेलगायतको ज्ञान पनि हासिल गरेको उनले जानकारी दिए ।
यस्तै, विद्यार्थीले खगोल विज्ञानबारे पनि ज्ञान लिएका थिए । स्कुलका कोअर्डिनेटर विजयसिंह थेबेले विद्यार्थीलाई खगोल विज्ञान सम्बन्धी ज्ञान दिने उद्देश्यले कक्षा–४ देखि कक्षा–११ सम्मका विद्यार्थीले खगोल विज्ञानबारे ज्ञान लिएको जानकारी दिए । यस वर्षदेखि हिविस्कसमा विज्ञान सङ्काय पनि पठनपाठन हुन थालेको छ ।
विद्यार्थीले घाम, जुनलाई आधुनिक टेलिस्कोपको माध्यमबाट नजिकबाट नियाल्ने अवसर पाएका थिए । ‘पूर्वाञ्चल क्याम्पसका विद्यार्थीको संघ इष्टुडेन्ट एस्ट्रोनोमिकल सोसाइटी (सास) को सहकार्यमा कार्यक्रम भएको थियो, पढिराखेकै कुरा हो तर यसबारे अध्ययन गर्दा थप ज्ञान मिल्यो, विद्यार्थी धेरै एक्साइटेड भए’, उनले भने । उनले स्कुलले विद्यार्थीलाई पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि सक्दो जोड दिँदै आएको बताए ।

प्रकाशित मिति: चैत्र २ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend