धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजमा बुधबार ‘ट्यालेन्ट शो’ कार्यक्रम आयोजना भएको छ ।
ट्यालेन्ट शोअन्तर्गत गायन र नृत्य प्रतियोगिता आयोजना भएको हो । गायनतर्फ सुशन जिमी प्रथम बनेका छन् । यस्तै, नृत्यतर्फ रुवि विक प्रथम भइन् । यसैगरी वक्तृत्वकलातर्फ दीपेन भण्डारी पहिलो बने । त्यस्तै, गायनतर्फकै रयाप विधामा पारस कार्की बिजेता भए ।
गायनतर्फ श्रेया श्रेष्ठ र सौगात खवास क्रमशः द्वितीय र तृतीय भए । नृत्यतर्फ सुजल लिम्बू र सरु राई क्रमशः द्वितीय र तृतीय बने । यस्तै, वक्तृत्वकलामा स्वस्तिका लिम्बू क्रमशः दोश्रो भइन् । गायनतर्फ सङ्गीत प्रशिक्षक बिनायक राई र कलेजका अध्यापक नाम्लिङहाङ चेम्जोङ निर्णायक रहेका थिए । नृत्यतर्फका निर्णायकहरुमा युनाइटेड मल्टी आर्टसका सञ्चालक सन्तोष तामाङ र कलेजकै अध्यापक सृजना लिम्बू थिए ।
वक्तृत्वकलाका निर्णायकहरुमा कलेजकै अध्यापकहरु विजय आछामी, राम लिम्बू, दिब्यासोनाम झा र जानुका तुम्बापो थिए ।
विजेता विद्यार्थीहरुलाई कलेजको बार्षिकोत्सबको अवसरमा पुरस्कार प्रदान गरिने क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले जानकारी दिए । कार्यक्रममा कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ, अध्यापकहरु नुर खान, विष्णु दाहाल, सुमन बास्केटबल लगायतको उपस्थिति रहेको थियो ।
कलेजका अध्यक्ष ज्ञानेश्वर झाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन छात्राहरु अप्सरा खत्री र एलिसा थापाले गरेका थिए । विद्यार्थीहरुमा लुकेर रहेको प्रतिभालाई उजागर गर्नको लागि यस्तो कार्यक्रम आयोजना गरिएको क्याम्पस प्रमुख तुम्बापोले जानकारी दिए । तस्वीरहरुः हाम्रो कोशी आवाज
























