Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सुनाखरी एकेडेमीद्वारा जित्ने विद्यार्थीलाई सम्मान (१६ तस्वीरसहित)

हाम्रो कोशी आवाज
चैत्र २ २०७८, बुधबार
धरानको सुनाखरी एकेडेमीद्वारा जित्ने विद्यार्थीलाई सम्मान (१६ तस्वीरसहित)

धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीले विद्यार्थीले खेलकुद विधामा जितेपछि सम्मान गरेको छ ।
स्कुल प्राङ्गणमा आयोजित कार्यक्रममा खेलकुदको विभिन्न विधामा विद्यार्थीले नगद पुरस्कार, मेडल साथै प्रमाणपत्र हात पार्न सफल भएपछि सम्मान कार्यक्रमको आयोजना गरिएको छ ।
सबै विद्यार्थीको उपस्थितिमा विद्यार्थीलाई सम्मान गरिएको थियो । कक्षा–११ म्यानेजमेण्ट सङ्कायका छात्र रोदन राई धरानमा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत ८ सय मिटर रेसमा दोस्रो र ४ सय मिटर रेसमा तेस्रो बनेका थिए । उनले धरान रनमा दौडिएर दोस्रो बनेका थिए । उनी अण्डर १६ अन्तर्गतको रनमा दोस्रो बनेका हुन् । उनले त्यतिबेला ५ हजार नगद प्राप्त गर्न सफल बनेका थिए । उनले नै चौदण्डी नगरपालिकाले आयोजना गरेको प्रदेश १ स्तरीय ब्याण्डमिन्टनमा दोस्रो बन्दै नगद ६ हजार ५ सय रुपैयाँ हात पार्न सफल बनेको प्रिन्सिपल मिलनकुमार राईले जानकारी दिए ।
यस्तै, कक्षा–९ मा अध्ययनरत् छात्रा सुमिना राईले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत कराँते (५५ केजी तौल) मा प्रथम स्थान हात पार्न सफल भएकी छिन् । यस्तै, उनले कराँतेकै कातामा तेस्रो बनिन् । यस्तै, कक्षा–११ की सुष्मा जिमीले कराँतेकै कातामा जितेकी थिइन् । एकेडेमीका डाइरेक्टर प्रदीप राई, प्लस टु कोअर्डिनेटर टपकुमार राईलगायत अध्यापकहरुले उनीहरुलाई अविर, खदाले सम्मान गरेका थिए ।

प्रकाशित मिति: चैत्र २ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend