Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको भानु स्मृतिका छात्र बने प्रथम

हाम्रो कोशी आवाज
चैत्र २ २०७८, बुधबार
धरानको भानु स्मृतिका छात्र बने प्रथम

धरानः धरान-३ स्थित भानु स्मृति माविका छात्र राष्ट्रपति रनिङ शिल्डमा प्रथम बनेका छन् ।
विद्यालयका छात्र साजन राईले प्रथम स्थान हात पारेका हुन् । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद्को संयोजनमा धरान उपमहानगरपालिका शिक्षा तथा खेलकुद महाशाखाले गत फागुन २५ देखि २८ गतेसम्म आयोजित अन्तरविद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको तेक्वान्दो विधामा प्रथम स्थान हात पार्न सफल भएको अतिरिक्त क्रियाकलाप संयोजक ओमनाथ रिमालले जानकारी दिए ।
विज्ञान शिक्षक अनुज भट्टराईले साजन सानैदेखि खेलकुदमा रुचि राख्दै आएको र प्रतिभा प्रदर्शन गर्दै अघि बढ्दै आएको बताए । विद्यालयका प्रधानाध्यापक रविन सुवेदीले विद्यालयले पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि सक्दो जोड दिँदै आएको बताए ।

प्रकाशित मिति: चैत्र २ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend