Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ‘होली कन्सर्ट’ मा झुमे धराने

हाम्रो कोशी आवाज
चैत्र ४ २०७८, शुक्रबार
धरानमा ‘होली कन्सर्ट’ मा झुमे धराने

धरानः हरेक वर्ष होलीको अवसरमा कन्सर्ट गर्दै आएको धराने ब्यान्ड ‘द आउटसाइडर’ले यसपटक भने भानुचोकमा दर्शकलाई नचाएको छ ।
केही वर्षदेखिको कोरोना कहरले धराने दर्शक तताउन नपाएको आउटसायडरले यसपटक भने खुब नचायो । धरान, भानुचोकमा भव्य कन्सर्ट गरेको छ । हरेक वर्ष होली कन्सर्ट गर्दै आएको आउटसाइडरले आफ्ना गीत प्रस्तुत गर्दा धराने दर्शकले नाचेर साथ दिए ।
होली खेलिरहेका दर्शकको बाक्लो उपस्थिति रहेको कन्सर्टमा दर्शकले दिनभर कन्सर्टमै होली खेल्दै, नाच्दै रमाइलो गरे । ‘यसपटक धराने दर्शकलाई खुब नचाइयो’, ब्यान्डका म्यानेजर सुदीप यल्मोले भने, ‘जे होस् कोरोना कहरपछि पहिलाको वर्षझैं धराने दर्शकलाई दिल खोलेर नचाउन पाउँदा हाम्रो पनि दिल खुशी बनेको छ ।’ कार्यक्रममा आउटसाइडर्ससँगै अन्य ब्याण्डका कलाकारले पनि दर्शक झुमाए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज 

 

 

प्रकाशित मिति: चैत्र ४ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend