Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको हरियाली वनमा पुरुष मृत फेला

हाम्रो कोशी आवाज
चैत्र ६ २०७८, आइतबार
धरानको हरियाली वनमा पुरुष मृत फेला

धरानः धरान-१९ चौकीबारीस्थित हरियाली सामुदायिक वन क्षेत्रभित्र पर्ने (बीपी प्रतिष्ठानको ठीक पछाडि) झाडीमा एकजना पुरुष मृत भेटिएका छन् ।
वन क्षेत्रमा रूखमा झुण्डिएको अवस्थामा एकजना पुरुष फेला परेको इलाका प्रहरी कार्यालय धरानका इनिस्पेक्टर हेमराज ओलीले जानकारी दिए । करिब ३०-३५ वर्षको उमेरको पुरुष झुन्डिएको अवस्थामा घाँस-दाउरा गर्नेले देखेपछि प्रहरीलाई खबर गरेको उनले जानकारी दिए । रुखको हाँगामा लहराले घाँटीमा बेरी झुन्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
हेर्दा मंगोलियन देखिने, कपाल लामो, माला लगाएको खैरो, भेष्ट लगाएको ती पुरुषको आफन्त कोही आइनपुग्दा पहिचान खुल्न नसकेको उनले जानकारी दिए । गोजीमा लाइटर मात्रै भेटिएकोले पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएसँगै इलाका प्रहरी टोली घटनास्थलमा पुगी अवाश्यक कानुनी प्रक्रिया पूरा गर्न खटिरहेको उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: चैत्र ६ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend