Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको हरियाली वनमा मृत भेटिएका पुरुषको पहिचान खुल्यो

हाम्रो कोशी आवाज
चैत्र ६ २०७८, आइतबार
धरानको हरियाली वनमा मृत भेटिएका पुरुषको पहिचान खुल्यो

धरानः धरान-१९ चौकीबारीस्थित हरियाली सामुदायिक वन क्षेत्रभित्र पर्ने (बीपी प्रतिष्ठानको ठीक पछाडि) झाडीमा मृत फेला परेका पुरुषको पहिचान खुलेको छ ।
इलाका प्रहरी कार्यालय धरानका इनिस्पेक्टर हेमराज ओलीका अनुसार ती पुरुष धरान–१६ लोकतान्त्रिक चोकका ३५ वर्षीय सोनु शेर्पा रहेको जानकारी दिए । हाम्रो कोशी आवाज डटकममा समाचार सार्वजनिक भएपछि आफन्त, वडाध्यक्ष पुगेर शवको पहिचान गरेको उनले जानकारी दिए । उनका अनुसार ती पुरुष मजदुरी गर्दै आएका थिए । घाँस–दाउरा गर्ने स्थानीयले रुखको हाँगामा लहराको पासो लगाइ झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाको जानकारी पाएसँगै इलाका प्रहरी टोली घटनास्थलमा पुगी अवाश्यक कानुनी प्रक्रिया पूरा गरी फर्केको उनले जानकारी दिए । ‘मुचुल्का उठाइ पोष्टमार्टमका लागि शव बीपी प्रतिष्ठानमा ल्याइएको छ, अहिले अनुसन्धान भइरहेको छ’, उनले भने, ‘पोष्टमार्टम रिपोर्टले थप जानकारी मिल्नेछ ।’ यस्तै, धरानमा शनिबार साँझदेखि आइतबार बिहान ११ बजेको समयमा उनीसहित चारजना झुन्डिएको अवस्थामा भेटिएको उनले जानकारी दिए । धरान–१६ नौलो बस्तीकी १४ वर्षीया नन्दनी मरिक, धरान–११ भवानीचोकका ४० वर्षीय विरोध सुनुवार र धरान–५ देवीगाउँकी १८ वर्षीया समीक्षा थापाको शव भेटिएको उनले जानकारी दिए । उनले यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित मिति: चैत्र ६ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend