Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुवास राई स्मृति फुटबलः फाइनलमा धरान-१५ र १३ फाइनलमा भिड्ने

हाम्रो कोशी आवाज
चैत्र १० २०७८, बिहिबार
सुवास राई स्मृति फुटबलः फाइनलमा धरान-१५ र १३ फाइनलमा भिड्ने

धरानः स्व. सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगितामा धरानको ११ नं. वडा फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार धरान रंगशालामा भएको अन्तिम सेमिफाइनल खेलमा १३ नं. वडालाई टाइब्रेकरमा पराजित गर्दै ११ नं. वडा फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि थप समयमा पनि खेलमा हारजीतको निर्णय नभएपछि टाइब्रेकरबाट निर्णय लिइएको थियो ।
टाइब्रेकरमा १३ नं. वडालाई ५-४ गोल अन्तरले पराजित गर्दै ११ नं. वडा फाइनलमा प्रवेश गरेको हो । फाइनलमा ११ नं. वडाले १५ नं. वडासँग शनिबार खेल्नेछ । यसअघि १९ नं. वडालाई सेमीफाइनलमा १५ नं. वडाले टाइब्रेकरमा नै पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको छ । बुधबार धरान रंगशालामा भएको खेलमा धरान–१९ लाई टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै १५ नं. वडा फाइनल प्रवेश गरेको हो ।
खेलमा अग्रता भने १३ नं. वडाले लिएको थियो । दोस्रो हाफको तेस्रो मिनेटमा नै १३ नं. वडाका मनोज राईले गोल गरी १३ नं. वडालाई अग्रता दिलाएका थिए । दोस्रो हाफको २६ औं मिनेटमा ११ नं. वडाका हेमन्त थापा मगरले गोल गरी खेल बराबरीमा ल्याएका थिए । उनले गोल गरेसँगै प्रतियोगिताको उच्च गोलकर्ता १५ नं. वडाका मदन लाबुङसँग गोल बराबर गरेका छन् । हेमन्त थापा मगरले ४ गोल गरेका छन् भने उनीसँगै १५ नं. वडाका मदन लाबुङले पनि ४ गोल गरेका छन् ।
टाइब्रेकरमा ११ नं. वडाका लागि वर्तमान राई, रिवस मास्के, दावा शेर्पा, सुवल राई र हेमन्त थापा मगरले गोल गरे । १३ नं. वडाका दोर्जे तामाङ, मिलन राई, अशोक कटवाल र मनोज राईले गोल गरे भने टिम क्याप्टेन निश्चल श्रेष्ठको प्रहार विपक्षी गोल किपर प्रदीप जिमीले रोकिदिएका थिए । जिमी खेलको म्यान अफ द म्याच समेत घोषित भए । उनलाई नगद २५ सय पुरस्कार प्रदान गरिएको थियो ।
शनिबार दिउँसो ३ बजेदेखि फाइनल खेल शुरु हुने प्रतियोगिता व्यवस्थापक धरान भेट्रान्स फुटबल क्लबले जानकारी दिएको छ । गोधुली रनिङ कपका उत्कृष्ट ८ टिम सहभागी प्रतियोगितामा ८ टिमलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा प्रतियोगिता भइरहेको छ ।
समूह बिजेता र उपबिजेता प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् । सेमीफाइनलमा बिजेता टिमहरुले फाइनलमा प्रतिष्पर्धा गर्नेछन् । फागुन २८ गते शुरु भएको प्रतियोगिता चैत्र १२ गतेसम्म चल्नेछन् । प्रतियोगताको बिजेताले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति: चैत्र १० २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend