Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘साङ्गीतिक क्षेत्रबाट एक्साइटेड छु’

हाम्रो कोशी आवाज
चैत्र १३ २०७८, आइतबार
‘साङ्गीतिक क्षेत्रबाट एक्साइटेड छु’

धरानः सुरिलो आवाजका धनी हुन्– विकास तुम्बापो (लिम्बू) । यस्तै सुरिलो स्वरका कारण उनी भ्वाइस अफ नेपाल सिजन २ को अन्तिम प्रतिस्पर्धासम्म पुग्न सफल भए । उनी प्रतिस्पर्धामा पुग्ने ४ मध्ये एक हुन् । झापाको अर्जुनधारा नगरपालिका १ मा जन्मिएका उनी अहिले काठमाडौंमा बस्दै साङ्गीतिक यात्रामा अघि बढिरहेका छन् ।
धरानमा आइपुगेका बेला उनीसँगको कुराकानीमा उनले साङ्गीतिक क्षेत्रबाट आफू ‘एक्साइटेड’ रहेको बताएका छन् । यही क्षेत्रबाटै बढ्दो व्यस्तता, आम्दानी आदि हिसाबले पनि उनको उचाइमात्रै चुलिएको छैन, उनलाई एक्साइटेडसमेत बनाएको छ । सामान्य किसान परिवारमा जन्मिएका उनी २०६६ सालमा एसएलसी र प्लस टु झापाबाटै सकेर विगत ९ वर्षदेखि साङ्गीतिक दुनियाँमा रम्दै आएका छन् ।
०६७ मा ‘स्वर सङ्ग्राम’ नामक कार्यक्रममा भाग लिन काठमाडौं पुगेका उनी त्यो साङ्गीतिक यात्रामा सफलता नमिलेपछि केही वर्ष साङ्गीतिक क्षेत्रबाट हराएका थिए रे । ‘फ्रष्टेसन नै शुरु होला जस्तो भयो, त्यसपछि म विदेश जान भनेर हिँडे तर झापामा आफन्तलाई भेट्न पुग्दा मोटरसाइकल दुर्घटनामा परें’, उनले भने, ‘त्यसपछि मेरो विदेशयात्रामा पूर्णविराम लाग्यो ।’ त्यसपछि उनी फेरि काठमाडौंमै सङ्गीत सिक्छु भन्दै लागे । कपडा पसलमा काम गर्दागर्दै उनले विज्ञापन एजेन्सीमा पनि कामको अनुभव लिए । एजेन्सीमै काम गर्दैगर्दा दरबारमार्गस्थित मधुशाला गीत, गजल रेष्टुरेण्ट एण्ड बारमा सञ्जय तमु्रकसँग भेट हुन थाल्यो । उनको त्यो रेष्टुरेण्टमा उदय–मनिता सोताङ गुञ्जिरहन्थे ।

उनै तम्रुकसँग चिनजानपछि उनले त्यहाँ काम गर्न थाले गजल गायन गर्दागर्दै रियालिटी शोहरु सिङ्गीङ आइकल, खोजी प्रतिभा सिजन २, स्वर सङ्ग्राममा भाग लिए । नेपाल आइडलमा पनि प्रयास गरे, त्यसमा पनि उनी छानिएनन् । तैपनि हिम्मत नहारी अघि बढेका उनले भ्वाइस अफ नेपालमा ग ए । त्यसबाट अघि बढ्न नसकेपछि गजल गायनको प्रभावले दोस्रो म्वाइस अफ नेपालमा सजिलै छानिए । उनी हजारौंलाई पछि पार्दै टप ४ सम्म पुग्न सफल भए । अहिले उनले धेरैवटा गीतमा स्वर भरिसकेका छन् । उनी अहिले जताततैबाट गाउनका लागि ‘डिमाण्ड’ आउने गरेको बताउँछन् । अहिले उनी यही साङगीतिक क्षेत्रमै व्यस्त छन् र यसैमा रमाएका छन् ।
धरान आएको बेला उनीसँग हाम्रो कोशी आवाजले गरेको छोटो कुराकानीमा उनले भने, ‘जे होस् पहिला गरेको परिश्रमको फल अहिले पाइरहेको छु जस्तो लाग्छ । अहिले जताततैबाट साङ्गीतिक कर्मका लागि ‘अफर’ आउने गरेको छ ।’
भनेपछि साङ्गीतिक क्षेत्रमा पनि आम्दानी छ भन्ने प्रश्नमा उनले थपे, ‘छ । म साङ्गीतिक यात्रामा लाग्दा केही नभएको हो कि भन्ने भान भएर फ्रष्टेसनजस्तो भएको थिएँ तर अहिले लागेको छ कि यसैमा केही छ । यसैलाई आत्मसात गरेर पछिका दिनमा केही गर्छु भन्ने आँट पलाएको छ । साङ्गीतिक क्षेत्रबाट अहिले मेरो जीवन निर्वाहदेखि अन्य कुराहरु पनि सहज भइरहेको छ । दर्शकहरुको माया र साथ, सहयोग पाइरहेको छु ।’
उनले भ्वाइस भिड्नुअघि तीनवटा र भिडिसकेपछि ५० वटाभन्दा बढी गीत गाइसकेका छन् । यो क्षेत्रमा लाग्न राजेशपायल राई, शम्भु राई, जगदीश समाल, नारायण गोपाल, भक्तराज आचार्य आदिको गीत सुन्दासुन्दै उहाँहरुकै प्रेरणाले अघि बढेको उनी बताउँछन् ।
हेरौं, सुनौं भिडियो कुराकानीः

प्रकाशित मिति: चैत्र १३ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend