Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा वडास्तरीय फुटसल हुँदै

हाम्रो कोशी आवाज
चैत्र १८ २०७८, शुक्रबार
धरानमा वडास्तरीय फुटसल हुँदै

धरानः धरानमा वडास्तरीय अन्तर वडास्तरीय फुटसल रनिङ कप टुर्नामेण्ट २०७८ आयोजना हुने भएको छ ।
धरान–११ स्थित मितेरी फुटसलले यस्तो खालको टुर्नामेण्टको आयोजना गर्न लागेको हो । चैत २० गतेदेखि २५ गतेसम्म आयोजना हुने टुर्नामेण्टमा धरानका २० वटा वडा सहभागी हुने आयोजक मितेरी फुटसलका अध्यक्ष लुकेन्द्र राईले शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी दिएका छन ।
फुटसल टुर्नामेन्टको बिजेता टिमले उपाधिसहित ५० हजार रुपैयाँ, उपविजेता टिमले नगद २५ हजार पाउनेछ । यस्तै, प्रतियोगिताको वेष्ट प्लेयर, वेष्ट गोलकिपर, उदयीमान खेलाडी र र हाई स्कोरर खेलाडीलाई पनि जनही १५ सय नगद र स्पोर्ट सुज पुरस्कार दिइनेछ भने फेयर प्ले टिमलाई ५ हजार नगद पुरस्कार दिइने मितेरी फुटसलका सञ्चालक राईले जानकारी दिए ।

टुर्नामेन्टबाट बचेको केही रकम केही भाग धरानको विकास निर्माण तथा समाजसेवाका लागि खर्च गर्ने यस स्पोर्ट्स सेन्टरको मुख्य उद्देश्य रहेको सल्लाहकार विकासकुमार गुभाजुले जानकारी दिए । भविष्यमा चाँडै स्पोट्स सेन्टरले विभिन्न शैक्षिक तथा सामाजिक, स्वास्थ्य संस्था तथा खेलसँग आवद्ध संस्थाहरुसँग सहकार्य गरी विभिन्न समूहका बालबालिकालाई फुटसल, व्याडमिन्टन, कराते, बक्सिङजस्ता खेलको एकेडेमी सञ्चालन गरी उनीहरुलाई विशेष रुपमा तालिम समेत दिने लक्ष्य राखेको उनले बताए । आफ्नै जग्गा र भवनमा स्थापित भएको फुटसल २०७५ सालदेखि स्थापना भएको हो ।

प्रकाशित मिति: चैत्र १८ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend