Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको भोटेपुलमा दुर्घटना

हाम्रो कोशी आवाज
चैत्र १९ २०७८, शनिबार
धरानको भोटेपुलमा दुर्घटना

धरानः धरान–८ को भोटेपुलनजिकै दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन् ।
बसको ठक्करले मोटरसाइकल चालक धरान–११ का २५ वर्षीय मोहन राई गम्भीर घाइते बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरान सुनसरीका प्रमुख भुवनबाबु खड्काले जानकारी दिए । भानुचोकबाट इटहरीतर्फ हिँडेको को१ख ७८४८ नम्बरको पैरवी नामको यात्रुबाहक बसले बा७२प ९८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनी घाइते बनेका हुन् । उनी धनकुटे रोडबाट मुख्य रोड हुँदै भानुचोकतर्फ आउँदै थिए । तीब्र गतिमा हुइँकिएको स्कुटीलाई बसले ठक्कर दिँदा उनी उछिटिन पुगेका थिए ।

घाइते राईको अहिले धरानस्थित बीपी प्रतिष्ठानमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् । ‘उनको अहिले प्रतिष्ठानमै उपचार भइरहेको छ’, प्रमुख खड्काले भने, ‘उनी बोल्न सक्छन् तर पनि टाउकोमा गहिरो चोट लागेको छ ।’
बस चालक भने फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: चैत्र १९ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend