धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीले राष्ट्रियस्तरको प्रतियोगितामा जित्ने खेलाडी विद्यार्थीलाई सम्मान गरेको छ ।
मङ्गलबार स्कुल प्राङ्गणमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो । नेशनल कराँते च्याम्पियनसीप २०७८ मा कक्षा-११ की सुष्मा जिमी र कक्षा-९ की निमा डोल्मा तामाङले तेस्रो स्थान हात पार्न सफल भएका थिए । गत चैत १५ र १६ गते काठमाडौंको चन्द्रागिरी नगरपालिका-४ मा कराँते प्रतियोगिता आयोजना भएको थियो । उनीहरुले प्रदेश १ को प्रतिनिधित्व गर्दै तेस्रो स्थान हात पारेका थिए ।
गणेशमान सिंह फाउण्डेशन र नेपाल सितेरियो कराँते डो एशोसिएससनको आयोजनामा प्रतियोगिता आयोजना भएको थियो । कार्यक्रमका प्रधानमन्त्रीका फर्मर डेपुटी राजन केसी, नगरपालिकाका मेयर घनश्याम गिरीलगायतले उनीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
डाइरेक्टर प्रदीप राई, प्रिन्सिपल मिलनकुमार राई, प्रशिक्षण किरण तामाङलगायतले खदा, अविरलगायतले उनीहरुलाई सम्मान गरेका थिए ।
तस्वीरः हाम्रो कोशी आवाज डटकम











