Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा युनाइटेड गोर्खा एकेडेमी भलिबल शुरु

हाम्रो कोशी आवाज
चैत्र २३ २०७८, बुधबार
धरानमा युनाइटेड गोर्खा एकेडेमी भलिबल शुरु

धरानः धरान-१५ स्थित युनाइटेड गोर्खा एकेडेमीले वर्षेनी आयोजना गर्दै आएको अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिता बुधबारदेखि शुरु भएको छ ।
८ औं युनाइटेड गोर्खा एकेडेमी २०७८ नाम दिइएको प्रतियोगिताको धरान–१५ का कार्यवाहक वडाध्यक्ष ज्ञानेन्द्र बस्नेतले उद्घाटन गरेका छन् । एकेडेमीका प्रिन्सिल पेम्बा शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याब्सनका धरान अध्यक्ष राजकुमार लिम्बू, एनप्याब्सनका अध्यक्ष भगत लिम्बू, नमूना एकेडेमी तरहराका प्रिन्सिपल थरेन्द्र अधिकारीलगायतको उपस्थिति थियो ।
यसपटक छात्रतर्फ ७ र छात्रातर्फ ७ गरी १४ विद्यालयका विद्यार्थीले भाग लिएका छन् । यसपटक युनाइटेड गोर्खा दुई टिम, नमूना स्कुल इटहरी, सयपत्री स्कुल इटहरी, धरान आदर्श, डिपोट, हाम्रो बोर्डिङ स्कुल इटहरी, सयपत्री स्कुल इटहरी, तरहरा मोडल स्कुल, नेपाल पुलिस स्कुल धरान, समिट स्कुल धरानले सहभागिता जनाएका छन् ।
बुधबार नै सम्पन्न प्रतियोगिताको फाइनलमा छात्रातर्फ धरान आदर्श र नमूना एकेडेमी तरहरा पुगेका छन् । यस्तै, छात्रतर्फ धरानको पुलिस स्कुल र सयपत्री इङ्लिस स्कुल इटहरीबीच भिडन्त हुने जनाइएको छ । यस्तै, तेस्रो पोजिसनका लागि युनाइटेड गोर्खा एकेडेमी ए र समिट स्कुल धरानबीच खेल हुने आयोजकले जनाएको छ । छात्रातर्फ भने सयपत्री स्कुलले तेस्रो स्थान हात पारिसकेको छ ।
छात्रछात्रा दुवैतर्फका बिजेतालाई १७ हजार रुपैयाँ, ट्रफी साथै प्रमाणपत्र प्रदान गरिने प्रिन्सिपल शेर्पाले जानकारी दिए । यस्तै, उपविजेता अर्थात् दोस्रो हुनेलाई १५ हजाररुपैयाँ, ट्रफी र प्रमाणपत्र, तेस्रो हुनेलाई १२ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिने अध्यापक सन्तोष पोखरेलले जानकारी दिए । शुरुमा पहिलोलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजारबाट शुरुवात गरिएको प्रतियोगिताको राशी पनि वृद्धि गरिँदै लगिएको उनले जानकारी दिए ।
‘वर्षेनी यो प्रतियोगिता हुँदै आएको थियो तर कोरोना कहरले रोकिएको थियो, ३० भन्दा बढी विद्यालय सहभागी हुने प्रतियोगितामा यसपटक धेरै स्कुललाई पत्राचार गरेनौं, कतिपय विद्यालयले असमर्थता पनि जनाए’, उनले भने, ‘जति पनि विद्यालय सहभागी छन्, उनीहरु स्वतःस्फूर्त सहभागिता जनाएका हुन् ।’
प्रिन्सिपल शेर्पाले बालबालिकाहरुमा लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउन वर्षेनी यो प्रतियोगिता आयोजना गर्दै आएको र विद्यालयले पुरस्कारमा मात्रै एक लाख रुपैयाँ बढी खर्चिर्दै आएको बताए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: चैत्र २३ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend