Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बुढासुब्बा मन्दिर पुगेर फर्किएको सवारी दुर्घटना

हाम्रो कोशी आवाज
चैत्र २३ २०७८, बुधबार
धरानको बुढासुब्बा मन्दिर पुगेर फर्किएको सवारी दुर्घटना

धरानः धरानमा स्कारपियो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
ललितपुरबाट पाथिभरा मन्दिर पुगेर फर्किएको बा६च ७२६८ नम्बरको सवारी दुर्घटनामा ड्राइभरसहित ९ जना घाइते बनेको इलाका प्रहरी कार्यालय धरानका इनिस्पेक्टर हेमराज ओलीले जानकारी दिए ।
धरानको बुढासुब्बा मन्दिरबाट पिण्डेश्वरी मन्दिरतर्फ झर्दै गरेको सो सवारी ब्रेक फेल भएर ‘टर्निङ’ मा पल्टिन पुगेको प्रहरीले जनाएको छ । दुर्घटना साँझतिर भएको हो । घाइतेहरुको उपचार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । घाइतेमध्ये एकजनाको हात भाँचिएको छ भने अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मनोहर थापा, अञ्जना थापा, शोभा खड्का, सुमन खड्का, अञ्जना सिग्देल, राधिका पण्डित, लक्ष्मी पण्डित र लक्ष्मीप्रसाद आचार्य घाइते भएको प्रहरीले जनाएको छ । स्कारपियो दुर्घटना हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । स. तस्वीरः गोपाल कामत

प्रकाशित मिति: चैत्र २३ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend