Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा लागूऔषधसहित महिला र पुरुष समातिए

हाम्रो कोशी आवाज
चैत्र २५ २०७८, शुक्रबार
धरानमा लागूऔषधसहित महिला र पुरुष समातिए

धरानः सुनसरीको धरान उपमहानगरपालिका–१३ बाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धनकुटा घर भई हाल धरान–१३ मा कोठा लिई बस्ने गरेका ५० वर्षीय कालेबहादुर तामाङ, २० वर्षीय अभिषेक खड्का ,२१ वर्षीय मौसम नेपाली, ३९ वर्षीया मुना तामाङ रहेको इलाका प्रहरी कार्यालय धरानका इनिस्पेक्टर हेमराज ओलीले जानकारी दिए ।
विशेष सूचनाका आधारमा बिहीबार राति पौने १२ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा निजहरुको साथबाट २ ग्राम लागूऔषध ब्राउन सुगर बरामद गरेको उनले जानकारी दिए । लागूऔषधसहित पक्राउ परेका चारैजनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: चैत्र २५ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend