Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-११ ले जित्यो उपाधि, पायो ५० हजार

हाम्रो कोशी आवाज
चैत्र २५ २०७८, शुक्रबार
धरान-११ ले जित्यो उपाधि, पायो ५० हजार

धरानः धरान–११ स्थित मितेरी फुटसलले यही चैत्र २० गतेदेखि शुरु भएको अन्तर वडास्तरीय फुटसल रनिङ टुर्नामेनटमा धरान–११ र धरान–१५ बीच प्रतिस्पर्धामा भएको थियो । धरान–११ ले धरान–१५ लाई ६ का विरुद्ध एक गोल गरेको थियो ।
अन्तर वडास्तरीय फुटसल टुर्नामेन्ट धरान–११ ले नगद ५० हजार प्राप्त गरेको छ भने उपविजेता टिम धरान–१५ ले नगद ५० हजार उपविजेता टिमले नगद २५ हजार पाएको छ । यस्तै, प्रतियोगिताको वेष्ट प्लेयर धरान–११ का धिरेन लिम्बू, वेष्ट गोलकिपर धरान–१५ का बिनेस चौधरी, उदयीमान खेलाडी र र हाइस्कोरर धरान–११ का सुदिप गुरुङ घोषित भए । खेलाडीलाई जनही १५ सय नगद र स्पोर्ट सुज पुरस्कार प्रदान गरिएको छ भने फेयर प्ले टिमलाई ५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
टुर्नामेन्टबाट बचेको केही पुँजीहरुको केही भाग धरानको विकास निर्माण तथा समाजसेवाका लागि खर्च गर्ने यस स्पोर्ट्स सेन्टरको मुख्य उद्देश्य रहेको छ । भविष्यमा चाँडै यस स्पोट्स सेन्टरले विभिन्न शैक्षिक तथा सामाजिक, स्वास्थ्य संस्था तथा खेलसँग आवद्ध संस्थाहरुसँग सहकार्य गरी विभिन्न समुहका बालबालिकालाई फुटसल, व्याडमिन्टन, कराते, बक्सिजस्ता खेलको एकेडेमी सञ्चालन गरी उनीहरुलाई विशेष रुपमा ट्रेनिङसमेत दिने लक्ष्य रहेको छ ।
मितेरी फुटसल अध्यक्ष लोकेन्द्र राई आफू सिंगापुरमा भएतापनि आफ्नै देशमा केही गर्नुपर्छ भनेर एकै ठाउँमा १ नं प्रदेशमा पहिलोपटक फुटसल, जीम, म्याडमिन्टनलगायतका सामग्री र क्याफेसहितको मितेरी स्पोर्टस सेन्टर स्थापना गरेको बताए ।
पूर्व राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव तथा नेपाल खेलकुद महासंघ समाजवादीका अध्यक्ष केशव विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा फुटसलका सल्लाहकार तथा जिल्ला बक्सिङ सघका अध्यक्ष विकास गुभाजु, एकीकृत समाजवादीका सुनसरी जिल्ला इञ्चार्ज केवल फुयाँललगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: चैत्र २५ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend